भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सीसीटिभी फुटेज प्रकरणः शर्मालाई आज बोलाइयो


  • श्रावण ५, २०७९
  • 324 Views
सीसीटिभी फुटेज प्रकरणः शर्मालाई आज बोलाइयो image

काठमाडौं । ‘सीसीटिभी फुटेज प्रकरण’’ बयान लिन संसदीय विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई ‘छलफल गर्न’ भन्दै आज बिहीबार बिहान साढे ८ बजे उपस्थित हुन निर्देशन दिएको छ ।

निवर्तमान अर्थमन्त्री शर्मामाथि बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा ‘अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको’ आरोप लगाइएको छ । निश्चित व्यापारिक घरानालाई फाइदा हुनेगरी बजेट निर्माण गरेको विषयमा ‘थप बुझेर छलफल गर्न बोलाइएको’ समिति सचिवालयले जनाएको छ ।

समितिका अनुसार आज बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक भएको र समितिको समयावधि थप गर्ने’दयगत पनि छलफल गर्नुपर्ने भएकाले ‘शर्मासँग मात्रै छलफल गर्न बिहानको समय निर्धारण गरिएको’ हो ।

यसअघि, गत मंगलबार समितिले बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित १० जनासँग छलफल गरिसकेको छ । छलफलमा सहभागी गराई बयान लिइसकेकामा अर्थसचिव मरासिनी र अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्कर, राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, प्रशासन महाशाखा प्रमुख केदार शर्मा छन् ।

त्यस्तै, भन्सार विभागका महानिर्देशक कमल भट्टराई, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, सूचना प्रविधि हेर्ने उपसचिव ठेकु श्रेष्ठ, राजस्व व्यवस्थापन महाशाखाका उपसचिव सरद निरौला र गोपाल खत्रीसँग पनि समितिले बयान लिइसकेको छ ।

बयानक्रममा उनीहरूमध्ये अधिकांशले यस’ आफूहरूलाई ‘जानकारी नभएको’ भनेर अर्थ मन्त्रालयको बचाऊ गरेका छन् ।

संसदीय विशेष छानबिन समितिमा सांसदहरू लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य छन् ।

समितिले बुधबार पूर्वअर्थसचिव रामेश्वर खनाल, शान्तराज सुवेदी र शिशिर ढुंगानासँग पनि छलफल गरेको थियो । उनीहरूसँग बयान लिनुअघि समितिले अर्थ मन्त्रालय पुगेर ‘सीसीटभी फुटेज प्रकरण’’ जानकारी लिएको थियो ।

समितिले अर्थ मन्त्रालयमा प्राप्त सीसीटीभी फुटेज ‘रिकभरी’का लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ । ‘ल्याबको रिर्पोट के आउँछ रु’ हेर्न बाँकी छ ।

समितिले बुधबार नै प्रकरण’ समाचार लेख्ने सञ्चार गृहका पत्रकारसँग पनि छलफल गरेको थियो । समितिले अन्नपूर्ण पोस्टका पत्रकारसँग छलफल गरेको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

संघीय संसद् सचिवालयमा भएको पत्रकारसँगको छलफलमा ‘समाचार कुन आधारमा लेखिएको हो रु’ भनेर सोधिएको थियो । समितिका एक सांसदले छलफलमा सहभागी पत्रकारले ‘समाचारको स्रोत समितिलाई दिन नमानेको’ बताए । ‘स्रोत खुलाउन सकिन्न भनेका पत्रकारले जे छ, पत्रिकामा छ र हाम्रो स्रोतप्रति हामी विश्वस्त छौं’ भन्ने जवाफ दिएका छन् ।

प्रतिवेदन बुझाउन समय माग
यसैगरी, समितिले प्रतिवेदन बुझाउने समय थप गर्न माग गरेको छ । समिति सभापति लक्ष्मणलाल कर्णले सभामुख अग्निप्रसाद सापकोटासँग म्याद थप विषयमा छलफल गर्ने बताएका हुन् ।

‘हामीले म्याद थपका लागि सभामुख आग्रह गर्ने भएका छौं,’ कर्णले भने, ‘कति दिन भन्ने विषयमा सभामुखले सभामार्फत जानकारी दिनुहोला ।’

यसअघि, बजेट निर्माणक्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयभित्र बोलाएर करको दर हेरफेर आरोप लागेपछि सभामुख सापकोटाले गत २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेका थिए । सोही दिन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

त्यतिबेला समितिलाई काम सुरु गरेको मितिबाट १० दिनको समय तोकिएको थियो । गत २८ असारदेखि काम सुरु गरेको समितिको कार्यकाल आज बिहीबारबाट सकिँदै छ ।

राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.