भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सेयर बजार पुँजीकरण कूल गार्हस्थ्य उत्पादन हाराहारी


  • फाल्गुन ६, २०७७
  • 691 Views
सेयर बजार पुँजीकरण कूल गार्हस्थ्य उत्पादन हाराहारी image

काठमाण्डाैं । सेयर बजार मापन गर्ने नेप्से परिसूचक बुधबार ९.९४ अंकले बढेर २६११.४५ अंकमा उक्लिँदा बजार पुँजीकरण भने मुलुकको कूल गार्हस्थ्य उत्पादन हाराहारी भएको छ । बुधबार सेयर बजार पुँजीकरण ३५ खर्ब ९८ अर्ब रुपैया नाघेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार, चालू मूल्यअनुसार नेपालको गत आर्थिक वर्षको कूल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब तथा उपभोक्ताको मूल्यमा ३७ खर्ब ६७ अर्ब रहेको छ ।

पछिल्ला महिनाहरूमा लगातार बढेको सेयरबजारमा बुधबार कारोबार रकम भने ८ अर्ब रुपैयाँभन्दा बढी भएको छ । कारोबार रकम मंगलबारको तुलनामा भने करिब २ अर्ब रुपैयाँ कम हो । मंगलबार १ करोड ७७ लाख कित्ता सेयर १० अर्ब ३ करोड रुपैयाँ बराबरमा किनबेच भएकोमा बुधबार २ सय ३ वटा कम्पनीको १ करोड ७६ लाख कित्ता सेयर ८ खर्ब ३ करोड रुपैयाँ बराबरमा भएको छ ।

साताको चौथो दिन नेप्से परिसूचक उच्च अंकमा पुगेको दिन वाणिज्य बैंक, व्यापार, विकास बैंक, अन्य र म्युचुअल फण्डबाहेक सबै समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक २.०२ प्रतिशतले बढ्दा वाणिज्य बैंक समूहको परिसूचक एक दशमलव पाँच आठ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक समूहको परिसूचक शून्य दशमलव एक तीन प्रतिशतले बढेको छ ।

केही दिनअघि मात्रै कारोबार सुरु गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य लगातार बढ्दा समग्र परिसूचक नै बढेको हो । बुधबार इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढ्दा कारोबार रकम पनि सर्वाधिक भएको छ ।

बैंकको कूल ६९ करोड ४३ लाख ३६ हजार बराबरको सेयर किनबेच भएको छ । यस्तै, नविल बैंकको ४१ करोड १६ लाख, ग्लोवल आइएमई बैंकको ३६ करोड र नेपाल बैंक लिमिटेडको ३५ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार लगानीकर्ताहरू बैकिङ समूहको परिसूचकमा झुम्मिएका छन् ।

समाचार आजको कारोबार दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.