भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सेयर बजार १९।४२ अंकले बढ्यो


  • भाद्र २७, २०८०
  • 258 Views
सेयर बजार १९।४२ अंकले बढ्यो image

काठमाडौ । दुई दिन बढेको बजारमा फेरि करेक्सन आएको छ । मंगलबार नेप्से सूचक १९।४२ विन्दुले घटेर १९६७।५७ अंकमा आएर अडिएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह घटेका छन् ।

यसअघि निरन्तरजसो घटेको नेप्से आइतबार र सोमबार भने बढेको थियो । दुई दिनमा सूचक करिब ५४ अंकले बढेको थियो । विशेषगरी सोमबार नेप्से सूचकमा आकर्षक ढंगको वृद्धि भएको थियो । तर यसरी बढेको बजारले मंगलबार भने निरन्तरता पाउन सकेन ।

यस दिन २७६ कम्पनीको ३९ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल एसबीआई बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एभरेष्ट बैंक परेका छन् । राजधानी दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.