भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

स्थानीय तहमा लुटराज, चियापानीमात्रै साढे १४ लाख


  • मंसिर ५, २०७७
  • 578 Views
स्थानीय तहमा लुटराज, चियापानीमात्रै साढे १४ लाख image

सप्तरी । बोदेबरसाइन नगरपालिकाले कोरोना नियन्त्रणमा दुई करोड २१ लाख खर्च भएको विवरण बुधबार सार्वजनिक गरेको थियो, तर स्थानीय अगुवाको विरोधपछि बिहीबार हिसाब संशोधन गर्दै एक करोड २७ लाख मात्र खर्च भएको विवरण दिएको छ । जनताका लागि महामारी बनेको कोभिड केही जनप्रतिनिधिका लागि भने कसरी मौका बनिरहेको छ, एउटा अर्को उदाहरण सप्तरीको बोदेबरसाइन नगरपालिकाले प्रस्तुत गरेको छ ।

यो नगरपालिकाले ३० रुपैयाँ पर्ने लाइफबोय साबुनलाई तीन हजार तिरेको विवरण तयार पारेको छ । त्यस्तै, क्वारेन्टिन व्यवस्थापनका नाममा किनिएका दर्जनौँ सामग्रीमा ढुकुटीबाट लुट मच्चाइएको छ । कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहहरूले गरेको खर्च सार्वजनिक गर्न केन्द्रबाट ताकेता भएपछि बोदेबरसाइन नगरपालिकाले बुधबार खर्च सार्वजनिक गरेको थियो । नगरपालिकाले कुल दुई करोड २१ लाख रुपैयाँको विवरण सार्वजनिक गरेको थियो ।

जसमा एउटा लाइफबोय साबुनको तीन हजार आठ सय ३१ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत भएको थियो । २२ चैतमा ९५ पिस साबुनमा नगरपालिकाले तीन लाख ६३ हजार नौ सय ८५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको थियो । यो विषयमा प्रश्न उठेपछि बोदेबरसाइन नगरपालिकाका नगरप्रमुख आतेशकुमार सिंह यादवले प्रस्टीकरण दिँदै भनेका छन्, ‘९५ थान होइन, ९५ कार्टुन साबुनको विवरण हो, यो प्रिन्ट मिस्टेक भएछ ।’

सिरानी एउटा खोलको २८ सय, तन्नाको आठ हजार रुपैयाँको अनुसन्धान गर्दै अख्तियार

यसअघि गत साउन अन्तिम साता सिराहा नगरपालिकाले तीन लाख १९ हजार दुई सय ७५ रुपैयाँमा एक सय ११ थान तकियाको खोल खरिद गरेको विवरण जिल्ला कोभिड नियन्त्रण समितिलाई बुझाएको थियो । विवरणअनुसार एउटा तकियाको खोल २८ सय ७६ रुपैयाँ परेको थियो । त्यस्तै, पाँच सय ५८ थान तन्ना खरिद गर्दा ४५ लाख तीन हजार सात सय ७५ रुपैयाँ खर्च भएको विवरण नगरपालिकाको छ । यसरी एउटा तन्नाको आठ हजार ७१ रुपैयाँ पर्छ ।

साबुनदेखि मास्कको परिमाण र मूल्य बढाएर अनियमितता गरेको उजुरी परेपछि अख्तियारले गत २५ साउनमा नगरपालिकाबाट बिलसहित विवरणको प्रतिलिपि लिएर अनुसन्धान गरिरहेको छ । तर, अहिलेसम्म कसैलाई पनि कारबाही भएको छैन । सिराहा नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच करोड ९० लाख ८६ हजार चार सय ३० रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको छ । नगरपालिकाको खर्च विवरणअनुसार एक सय १५ थान रेनकोट खरिदमा एक लाख ९३ हजार रुपैयाँ खर्च गरेको देखाएको छ ।

यसरी एउटा रेनकोटको मूल्य १६ सय ७८ परेको छ । त्यस्तै, नगरपालिकाले तीन सय ३७ थान रेनबुट खरिदमा तीन लाख १२ हजार एक सय ५० रुपैयाँ खर्च गरेको छ । ८७ हजार पाँच सय ७५ थान मास्क खरिदमा २० लाख दुई हजार नौ सय ९७ रुपैयाँ खर्च गरेको छ । बजारमा पाँच रुपैयाँ प्रतिथान पाइने मास्क नगरपालिकाले २२ रुपैयाँ ८७ पैसाको दरले खरिद गरेको छ । त्यस्तै, तीन सय ४९ वटा बेडमा दुई लाख ५९ हजार चार सय रुपैयाँ खर्च गरिएको छ ।

पाँच हजार नौ सय ९९ लिटर स्यानिटाइजर १४ लाख एक हजार ९७ हजार रुपैयाँमा खरिद गरेको छ । नगरपालिकाले दुई सय २५ थान पिपिईमा नौ लाख १८ हजार चार सय ९१, झुलमा तीन लाख ३० हजार रुपैयाँ र ७२ कार्टुन साबुन खरिदमा एक लाख ७२ हजार एक सय ९५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.