भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘हचुवा’ क्षेत्रफलमा आपत्ति


  • आश्विन २, २०७७
  • 578 Views
‘हचुवा’ क्षेत्रफलमा आपत्ति image

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको क्षेत्रफल शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकमा समावेश गरेकोमा आपत्ति जनाएको छ। भूमि व्यवस्थाका सचिव टेकनारायण पाण्डे नेतृत्वको टोलीले बिहीबार मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष आधिकारिक घोषणा नहुँदै कुल क्षेत्रफल पाठ्यपुस्तकमा राखेको भन्दै असहमति जनाएको हो ।

मन्त्रालयको टोलीले सीमा, नक्सा र क्षेत्रफलको विषय शिक्षा मन्त्रालयको कार्यक्षेत्र नभएको भन्दै ध्यानाकर्षण गराएको थियो। भूमि व्यवस्थाका प्रवक्ता जनकराज जोशीले क्षेत्रफलका विषयमा मुख्यसचिवलाई जानकारी गराइएको पुष्टि गरे। देशको नक्सा जारी गर्ने आधिकारिक निकाय भूमि व्यवस्थाअन्तर्गतको नापी विभाग हो। टोलीले परराष्ट्र तथा भूमि व्यवस्था मन्त्रालयले गर्नुपर्ने विषय शिक्षाले समन्वय नगरी गरेको गुनासो मुख्यसचिवसमक्ष गरेको थियो।

मुख्यसचिव रेग्मीले यो विषय माथिल्लो निकायमा उठाउने जवाफ दिएका थिए। केन्द्रले देशको क्षेत्रफल तोकेर पाठ्यपुस्तक तयार गरी सार्वजनिक गरेपछि विवाद निम्तिएको छ। सरकारले लिम्पियाधुरासम्म समेटेर नयाँ नक्सा जेठ ७ मा जारी गरे पनि क्षेत्रफल भने घोषणा गरिएको छैन। सरकारले औपचारिक घोषणा नगर्दा नेपालको क्षेत्रफल कति हो भनेर अन्योल भएको छ। यही भएर विज्ञको रायका आधारमा पाठ्यपुस्तकमा क्षेत्रफल समावेश गरिएको केन्द्रले जनाएको छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक गरेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’मा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर रहेको उल्लेख छ। शिक्षा मन्त्रालयले देशको क्षेत्रफल औपचारिक घोषणा नहुँदा पठनपाठन समस्या भएपछि पाठ्यपुस्तकमा समावेश गरिएको बताउँदै आएको छ। भूमि व्यवस्था र नापी विभागले कूटनीतिक विषय भएकाले तयारी अवस्था रहने पनि क्षेत्रफल घोषणा नगरिएको बताउँदै आएका छन्।

सरकारले निर्देशन दिए तत्काल घोषणा गर्न सकिने विभाग स्रोतले बताएको छ। विभागका पूर्वउपमहानिर्देशक सुरेशमान श्रेष्ठले विभागले पनि समयमै नक्साअनुसार नेपालको क्षेत्रफल प्रकाशन गर्नुपर्ने बताए। ‘कित्ताको नापी गरी क्षेत्रफल प्रकाशन गर्न मिल्ने अनि नेपालको क्षेत्रफल प्रकाशन गर्न नमिल्ने त नहुनुपर्ने’, उनले भने, ‘क्षेत्रफल मापन नितान्त प्राविधिक विषय हो र कूटनीतिसँग यसको कुनै लेनदेन हुँदैन।’ अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.