भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

हमला रोक्न रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा


  • फाल्गुन १६, २०७८
  • 477 Views
हमला रोक्न रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा image

काठमाडौँ । युक्रेनले रुसद्वारा आफ्नो मुलुकमाथि भइरहेको सैन्य आक्रमणमा रोक लगाउन आदेश माग गर्दै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरेको छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरी तत्काल सैन्य कारबाही रोक्न आदेश दिन माग गरिएको सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलारुसका नेतासँग कुराकानी गरेको बताएका छन्। युद्ध अन्त्यका लागि रुससँग वार्ता गर्न चाहे पनि उसले बेलारुसमा वार्ता गर्नुपर्ने सर्त राखेपछि युक्रेनले अस्वीकार गरेको छ। बेलारुस रुसकै समर्थक भएका कारण अन्य कुनै ठाउँमा वार्तामा बस्नुपर्ने युक्रेनको माग छ। वार्ताका लागि दुवै पक्ष तयार भए पनि कहाँ गर्ने भन्नेमा सहमति हुन सकेको छैन। जेलेन्स्कीले बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग कुरा गरेको तर उनले के विषयमा छलफल गर्ने भन्नेबारेमा विस्तृतमा जानकारी नगराएको बताएका छन्।

आक्रमणको चौथो दिन आइतबार रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा पनि प्रवेश गरेको छ। तर युक्रेनी सेनाले उक्त सहर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ। त्यहाँका मेयरले सशस्त्र बल, पुलिस र रक्षा बलले उक्त सहरबाट रुसी सेनालाई पूर्णरूपमा धपाउन जवाफी कारबाही गरिरहेको जनाएका छन्। तेस्रो ठूलो सहर ओडेसामा रुसी सैनिक प्रवेश गरेको तर जवाफी कारबाही गरी पछि फर्किन बाध्य बनाएको दाबी युक्रेनी सेनाको छ।

युक्रेन सरकारले रुसी आक्रमणमा परी हालसम्म दुई सय १० गैरसैनिकको मृत्यु र एक हजार एक सयजति घाइते भएको जनाएको छ। हमलाको तेस्रो दिनसम्म एक सय ९८ जना नागरिकको ज्यान गएको र एक हजारभन्दा बढी घाइते भएको युक्रेनले जनाएको थियो। रुसी सैनिकले राजधानी किएभस्थित आवासीय भवन, अस्पताल र विद्यालयमा आक्रमण गरेको आरोप युक्रेनले लगाएको छ। युक्रेनले जवाफी कारबाहीमा हालसम्म चार हजार तीन सय रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ। त्यस्तै रुसका २७ वटा जहाज, २६ वटा हेलिकोप्टर, एक सय ४६ वटा ट्यांक, ४९ वटा क्यानन, एउटा बुक एयर डिफेन्स सिस्टम, ३० वटा सवारीसाधन, दुईवटा ड्रोन र दुईवटा डुंगामा क्षति पु¥याइदिएको युक्रेनको दाबी छ।

युक्रेनमा संकट गहिरिँदै जाँदा संयुक्त राष्ट्रसंघले त्यहाँ रहेका आफ्ना विभिन्न निकायका काम रोकेको छ। उसले परिस्थिति सामान्य हुनेबित्तिकै आफ्ना निकाय र साझेदार निकायसँगका काम पुनः सञ्चालन गर्ने जनाएको छ। रुसले आक्रमण गर्न थालेपछि चार लाख मानिसले युक्रेन छोडेको राष्ट्रसंघले जनाएको छ। रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा शनिबार भत्र्सना प्रस्ताव पास गर्न मतदान भएको थियो। तर रुसले भिटो प्रयोग गरी उक्त प्रस्ताव पास हुन दिएन।

सुरक्षा परिषद्का १५ सदस्यमध्ये ११ ले प्रस्तावको पक्षमा भोट दिए भने चीन, भारत र युएई मतदानमा सहभागी भएनन्। सुरक्षा परिषद्का पाँच स्थायी सदस्यमध्ये एकले भिटो प्रयोग गरे कुनै पनि प्रस्ताव पारित हुँदैन। स्थायी सदस्यमा रुस, चीन, अमेरिका, बेलायत र फ्रान्स छन्। युक्रेनमाथि भइरहेको रुसी हमलाको विश्वव्यापी रूपमा विरोध भइरहेको छ। रुसमा पनि हमलाको विरोध भएको छ । नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.