पत्रकारिता क्षेत्रमा बहुआयामिक चुनौती थपियो

पत्रकारिता क्षेत्रमा बहुआयामिक चुनौती थपियो

काठमाडौं । नेपाल पत्रकार महासंघमा केन्द्रीय अधिवेशन अघिनै सदस्यता शुद्धिकरण जरुरी भएको पत्रकारहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको दोश्रो अधिवेशन उद्घाटन कार्यक्रममा वोल्ने महासंघका पदाधिकारी सदस्यदेखि अन्य संचारसँग सम्वन्धित संस्थाका प्रतिनिधिहरुले पेशागत मर्यादाका लागि पनि सदस्यता शुद्धिकरण जरुरी रहेका बताएका हुन् ।

पत्रकारिता क्षेत्रमा बहुआयामिक चुनौतिहरु थपिएको भन्दै नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले त्यसलाई सामना गर्ने गरी अघि बढ्नु पर्ने बताए । कार्यक्रममा प्रेस सेन्टरका नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले संचार क्षेत्रमा देखिएका विकृतिलाई हटाउन सदस्यता शुद्धिकरण अनिवार्य भएको बताए । यसले श्रमजीवि पत्रकारको इमेज उच्चो हुने भएकाले अभियानालाई चाँडो टुंगामा पुर्याउन जोड दिए ।

सदस्यता टुंग्याएर मात्र अधिवेशन गर्नु पर्ने सुझाव नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले बताए । कार्यक्रममा महासंघका केन्द्रीय प्रतिनिधि शान्तराम विडारी, महासंघको बागमति प्रदेश अध्यक्ष शिवप्रसाद देवकोटा, श्रमजीवि पत्रकार संघका जन्मदेव जैशी, प्रेस चौतारी नेपालका हेमराज सिल्वाल, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, काठमाडौंका सूर्य सुवेदी, पत्रकार भावना विद्रोही, रत्न श्रेष्ठ लगायतले महासंघको सदस्यता शुद्धिकरण चाँडो टुंग्याउनु पर्ने र प्रदेशलाई सदस्यता नविकरणको अधिकार दिनु पर्ने धारणा राखे ।

यसैबीच
महासंघ उपत्यका प्रदेशको अधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले सुशासनलाई पहिलो प्राथमिकता दिएर स्वास्थ्य, शिक्षा, सहकारी लगायत सबै कानून निर्माण गरी काम गरिरहेको बताए । नगरपालिकाले सामुदायिक शिक्षामा मात्र २९ करोड रुपैयाँ बजेट छुट्याएर शिक्षकको दरबन्दी थपेको वताए ।

नगरले १४ करोड रुपैयाँ खचिएर नेपाल कोरिया मैत्री अस्पतालमा मृगौला रोगीको डायलसिस गर्न मेसिन खरिद गरेको, एकल महिला, दलित र जेष्ष्ठ नागरिकको स्वास्थ्य विमा गरिएको खानेपानीमा आत्मनिर्भर भएको र यसै वर्ष नगरकाले संचार नीति ल्याउने तयार गरेको जिकिर गरे । उपमेयर विजयकृष्ण श्रेष्ठले नगरपालिकाले स्थानीय टोलको नाम स्थानीय भाषामा राखेको, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरेको भन्दै जेष्ठ नागरिकका साथै उनका आश्रित पाँच जना परिवारका सदस्यको पनि स्वास्थ्य विमा गरिएको जानकारी दिए ।

कतिपय संचारमाध्यमले झुटो सूचना दिएर आफूलाई पीडित बनाएप्रति खेद प्रकट गरे । पत्रकारिता क्षेत्रमा व्यवसायिक मर्यादा नहुँदा नगरपालिकाले गरेका राम्रो कामको प्रचार प्रसार नभएको जिकिर गरे । २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका २५ जना पत्रकारहरुलाई रजत अभिनन्दनबाट सम्मान गरेको छ । सम्मान पाउनेहरुमा डा. केशवप्रसाद देवकोटा, देवेन्द्र कोइराला, कालिदास बहादुर राउत, कालिका महत, मुक्तिनाथ वास्तोला,

धनबहादुर मगर, नरोत्तम सुवेदी, प्रतिमा विवश राई, रामहरि चौलागाईं, भुवन वस्नेत, निरज रंजित, खड्ग वस्नेत, कल्पना शर्मा, रामप्रसाद पुडासैनी, डा. द्वारिका उप्रेती, घमराज लुुइँटेल, रामकला वुढाथोकी, दिपक प्रसाद चौलागाईं, दिपक सिल्वाल, उद्धव प्रसाद गौतम, चेतनाथ धमला, ताराचन्द्र देवकोटा, राममणि बराल, नरोत्तम सुवेदी र भविन्द्र कार्की रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.