भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महभिरमा पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध

महभिरमा पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, २९ वैशाख । अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।

ढुङ्गा र माटोसहितको पहिरो खस्दा ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्क विच्छेद भएको हो । सडक अवरुद्ध भएपछि बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् ।

सडक बन्द हुँदा स्थानीयवासीसँगै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ मन्दिर दर्शनका लागि आवतजावत गर्ने पर्यटक र तीर्थयात्री प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दी का सूचना अधिकारी सागर तिमिल्सीना ले सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

महभिर क्षेत्रमा सडकभन्दा करिब ५०० मिटर माथिबाट पहिरो खस्ने समस्या दोहोरिने गरेको स्थानीयवासी बताउँछन् । सामान्य वर्षा हुँदा पनि लेदोसहित पहिरो खस्ने भएकाले सडक अवरुद्ध हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।

 


Thali Mobile Pvt.Ltd.