भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

महभिरमा पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध

महभिरमा पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, २९ वैशाख । अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।

ढुङ्गा र माटोसहितको पहिरो खस्दा ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्क विच्छेद भएको हो । सडक अवरुद्ध भएपछि बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् ।

सडक बन्द हुँदा स्थानीयवासीसँगै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ मन्दिर दर्शनका लागि आवतजावत गर्ने पर्यटक र तीर्थयात्री प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दी का सूचना अधिकारी सागर तिमिल्सीना ले सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

महभिर क्षेत्रमा सडकभन्दा करिब ५०० मिटर माथिबाट पहिरो खस्ने समस्या दोहोरिने गरेको स्थानीयवासी बताउँछन् । सामान्य वर्षा हुँदा पनि लेदोसहित पहिरो खस्ने भएकाले सडक अवरुद्ध हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।

 


Thali Mobile Pvt.Ltd.