भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिस्नेरी–दक्षिणकाली सडकखण्डमा ईभी दुर्घटना, नौ भारतीय नागरिक घाइते

सिस्नेरी–दक्षिणकाली सडकखण्डमा ईभी दुर्घटना, नौ भारतीय नागरिक घाइते

काठमाडौं, २९ वैशाख । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडकखण्डमा ईभी गाडी दुर्घटना हुँदा नौ जना भारतीय नागरिक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब ११ः१० बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी ब्रेक फेल भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुर अन्तर्गत प्रहरी चौकी खानिखेतबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार यादव र प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक रामवली साहको नेतृत्वमा खटिएको टोलीले उद्धार कार्य गरेको थियो ।

प्रहरीका अनुसार गाडीमा चालकसहित ११ जना सवार थिए । तीमध्ये नौ जना भारतीय नागरिक र चालकसहित दुई जना नेपाली नागरिक रहेका थिए । दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

ईभी चालक पिन्टु सिंह हाल प्रहरी नियन्त्रणमा रहेका छन् । उनी धनुषाको लक्ष्मीनिया नगरपालिका–४ निवासी ३० वर्षीय व्यक्ति हुन् ।

 


Thali Mobile Pvt.Ltd.