भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन

मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन

मुख्य बुँदा

बाढी र पहिरोका कारण देशभरका मुख्य सडक प्रभावित।

मेची राजमार्गको इलाम खण्ड पूर्ण अवरुद्ध।

अरनिको राजमार्ग र त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक पनि बन्द।

बीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी रोक।

बेँसीसहर–मनाङ र जोमसोम–कोराला सडक पूर्ण अवरुद्ध।

बेनी–जोमसोम, कालीगण्डकी करिडोर र बागलुङ–बेनी सडक एकतर्फी सञ्चालन।

जाजरकोट–डोल्पा, भेरी करिडोर र नाग्म–गमगडी सडकमा पनि अवरोध।

काठमाडौं, २ भदौ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका महत्वपूर्ण सडकहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छन्।

कोशी प्रदेश

मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्डमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। यद्यपि, यात्राका लागि वैकल्पिक बाटो उपलब्ध रहेको प्रहरीले जनाएको छ।मध्यपहाडी लोकमार्गको भोजपुरस्थित बोखिममा बाढीका कारण सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

बागमती प्रदेश

बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिँदै आएको छ भने बिहान ४ बजेपछि अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइने गरिएको छ।कान्ति लोकपथमा पनि राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशीस्थित कोदारी र लिपिङ क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। रसुवाको उत्तरगया गाउँपालिका–खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक पनि पूर्ण रूपमा बन्द छ।

गण्डकी प्रदेश

मर्स्याङ्दी गाउँपालिकाको रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक पूर्ण रूपमा अवरुद्ध छ।बाढीका कारण जोमसोम–कोराला सडक पनि पूर्ण रूपमा बन्द रहेको छ। बेनी–जोमसोम सडक भने एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, बागलुङका विभिन्न स्थानमा पहिरोका कारण कालीगण्डकी करिडोर र बागलुङ–बेनी सडकखण्ड एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्।

कर्णाली प्रदेशमा बढी असर

कर्णाली प्रदेशमा बाढी र पहिरोका कारण मुख्य सडकहरूमा बढी असर परेको छ।रुकुम पश्चिमको रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडक अवरुद्ध छ। सोही जिल्लाको चिसापानीमा बाढी आएपछि भेरी करिडोरमा पनि यातायात ठप्प भएको छ। पहिरोका कारण नाग्म–गमगडी सडक पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण सडक खुलाउन कठिनाइ भइरहेको भए पनि सम्बन्धित निकायले अवरुद्ध सडक सञ्चालनमा ल्याउन प्रयास गरिरहेका छन्। यात्रु तथा चालकलाई यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.