भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

मकवानपुरमा खोलाले बगाएका चार बालिकामध्ये अर्की सुमित्राको शव पनि भेटियो

मकवानपुरमा खोलाले बगाएका चार बालिकामध्ये अर्की सुमित्राको शव पनि भेटियो

हेटौंडा, ५ भदाै । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव तीन दिनपछि शुक्रबार बिहान फेला परेको छ।

साउन २ गते साँझ निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्किने क्रममा लच्का तर्ने क्रममा चार बालिकालाई बासुदेव खोलाले बगाएको थियो। खोजीका क्रममा यसअघि ८ वर्षीया रोशनी स्याङतानको शव घटनास्थलबाट करिब ५ सय मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेको थियो। अस्पताल पुर्‍याइएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै, १२ वर्षीया बिनिता ब्लोनको शव घटनाको भोलिपल्ट फेला परेको थियो। १३ वर्षीया सीमा ब्लोन भने खोलाबाट आफैं निस्कन सफल भएकी थिइन्। उनको उपचार भइरहेको छ। खोलाले बगाएका चारै बालिका मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का हुन्।

 


Thali Mobile Pvt.Ltd.