भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

मिर्जा फखरुल इस्लाम आलमगीर बंगलादेशको नयाँ राष्ट्रपति निर्वाचित

मिर्जा फखरुल इस्लाम आलमगीर बंगलादेशको नयाँ राष्ट्रपति निर्वाचित

एजेन्सी, ५ भदौ । बंगलादेशको संसद्ले मिर्जा फखरुल इस्लाम आलमगीरलाई देशको नयाँ राष्ट्रपति निर्वाचित गरेको छ। करिब ३५ वर्षपछि बंगलादेशमा प्रत्यक्ष मतदानमार्फत राष्ट्रपतिको निर्वाचन भएको हो। सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का उम्मेदवार आलमगीरले २५५ मत प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत प्राप्त गरे। राष्ट्रपतिमा निर्वाचित आलमगीर बीएनपीका वरिष्ठ नेता हुन्। उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका प्रमुख राजनीतिक विरोधीमध्ये एकका रूपमा रहँदै आएका छन्।

सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि शेख हसिना सत्ताबाट हटेकी थिइन्। उनी हाल भारतमा बस्दै आएकी छन्। बंगलादेशले भारतसँग हसिनालाई स्वदेश फिर्ता पठाउन माग गर्दै आएको छ।

आलमगीरले कठिन राजनीतिक परिस्थितिमा बीएनपीलाई नेतृत्व गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। राजनीतिक गतिविधिका क्रममा उनलाई विभिन्न समयमा पटक–पटक पक्राउसमेत गरिएको थियो।

बंगलादेशमा राष्ट्रपतिको पद मुख्यतः औपचारिक मानिन्छ। यद्यपि प्रस्तावित राजनीतिक सुधारअनुसार राष्ट्रपतिको अधिकार बढाउन सकिने चर्चा छ। यसबाट देशका शीर्ष नेताहरूबीच शक्ति सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.