भक्तपुर । नगरकोटको शुक्रबारे हाटबजारबारे आपसी सहयोग केन्द्र (आस्क नेपाल) ले नगरकोटका व्यवसायीहरुसंग छलफल गरेको छ । काभ्रे, काठमाडौको संगमस्थल नगरकोटमा शुक्रबारे हाटबजारलाई निरन्तरता कसरी दिन सकिन्छ भनेर मंगलबार किसान, होटेल ब्यवसायी र आस्क नेपालका प्रतिनिधिहरुबीच छलफल भएको हो ।
छलफलमा भाग लिदै तरकारी उत्पादक किसानहरुले हाटबजारबाट आफूहरुलाई मनग्य लाभ भएको बताए । उनीहरुले विगतमा आफूहरुलाई प्रत्यक होटलमा जाँदा दुःख भएपनि अहिले आफूरुलाई राहत भएको महसुस गरेको जानकारी दिए । शुक्रबारे हाटबजारले गर्दा आफूभित्रका लजाउने व्यवहारमा समेत परिवर्तन आएको मनकुमारी तामाङले बताइन ।

उनले विगतमा आफूलाई हाटबजारमा आउँदा अप्ठेरो लागेपनि अहिले भने आफूलाई निकै रमाइलो लाग्न थालेको बताइन । उनले भनिन् “मैले उत्पादन गरेको पीठो अहिले वेलायसम्म गएको छ त्यसकारण यो हाटबजार निरन्तर चल्नुपर्छ”। स्थानीय उत्पादनबाट बनाइएको पीठो नगरकोटमा शुक्रबार लाग्ने हाटबजारको आकर्षणको रुपमा पनि लिने गरिएको छ ।
नगरकोटमा सञ्चालित हाटबजारलाई अझै प्रभावकारी बनाउँन आग्रह गर्दै एउटा परियोजनाको समय सकिए पनि स्थानीय सरकार र किसान मिलेरै हाटबजार सञ्चालन गर्नुपर्ने कृषक श्रीमाया तामाङ, घावा दोर्जे तामाङको भनाई छ । हाटबजार संचालन सबै तह मिलेरै गर्नुपर्ने र किसानले रेट बोर्ड्मा लेखिए अनुसार तरकारी बेच्नु पर्ने उनीहरुको माग रहेको छ ।
आस्क नेपालप्रति आभारी रहेको बताउँदै किसान भक्त बहादुर घर्तीले आस्क नेपालले आफूहरुलाई साच्चै आधुनिक किसान बनाएको बताउँदै किसानको हातमा सिधै रुपैयाँ दिन सिकाएकोमा आस्क नेपाललाई धन्यबाद समेत दिए । सरोकारवाला पक्षले शुक्रबारे हाटबजारलाई अझ व्यवस्थित बनाउँदै लगेपछि मात्रै किसान र व्यवसायीहरुको अस्तित्व रहने किसान टुकप्रसाद तिमिल्सिनाले बताए । उनले तरकारी बजारमा अर्गानिक तरकारी र अरु तरकारीका स्टलहरु समेत छुट्टै बनाउनुपर्ने तर्क गरे ।
कार्यत्रममा अष्ट तामाङ, केवाङ लामा, जानुका तामाङलगायतका किसानले विगतमा एक डोको धनियाँ विक्रि गर्न हम्मेहम्मे पर्ने ठाउँमा हाटबजार सञ्चालन भएदेखि किसानलाई हाइखुःख भएको तर्क गरे । नगरकोटमा आपसी सहयोग केन्द्र (आस्क नेपाल) ले सुरु गरेको शुक्रबारे हाटबजार किसानको पक्षमा हितकर भएकाले यसको दिगोपना आवश्यक रहेको बताए ।
मण्डन देउपुर पीजीएस समितिका सचिव तथा हाटबजार व्यवस्थापन समितिका संयोजक गणेश घोडासैनीले किसानलाई हाटबजारले राहत मिलेको बताउँदै विगतका कमिकमजोरीलाई सुधार गर्दै हाटबजारलाई व्यवस्थापन गर्न आफ्नो क्षेत्रबाट निरन्तर पहल जारी राख्ने बताए । उनले तरकारीको मूल्यमा व्यवसायीको गुनासो भएपनि समूहमा आबद्ध किसानहरुले हाटबजारमा तोकिएकै मूल्यमा तरकारी विक्रि वितरण गरेको जानकारी दिदै केही बाहिरबाट आएका तरकारी ब्यवारीले मूल्य सूचीमा फरक गरेकाले हाटबजारमा तरकारीको मूल्य सूची हेरेर मात्रै तरकारी खरिद गर्न ब्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा पीजीएस समतिका अध्यक्ष प्रेम तिमिल्सिनाले किसानको हकहितमा तरकारी बजार रहेकाले व्यवसायीहरुले पनि किसानलाई साथ दिन आग्रह गरे । उनले जुनसुकै कुरामा काम गर्ने मानिसहरुको खाचोरहेको बताउँदै सबै किसानलाई निरन्तर रुपमा काम गर्दै हाटबजारको दिगो बनाउँन सबैले आफ्नो भूमिका निर्वाह गर्नु पर्ने बताए ।

कृषि प्राविधिक जगत शाहीले किसानलाई तालिम दिदै किसानका ढोकामा गएर काम गरेको जानकारी दिदै किसानहरुले रासायनिक मल हाल्नु पनि हुँदैन र खानु पनि हुँदै भन्ने ज्ञान पाएको बताए ।

प्रहरीले अत्यावसेक वस्तुलाई कुनै पनि रुपमा सम्बन्धित ठाउँमा पुर्याउन मदत गर्ने नगरकोट प्रहरी प्रमुख कृष्णहरि रानाभाटले बताए ।उनले तरकारीजन्य वस्तुको ओसापसार गर्न राज्यले नै पहिलो प्राथमिकतामा राखेकाले कुनै अप्ठारो भए आफूलाई जानकारी दिन अनुरोध गरे । किसानका समस्या समाधान गर्न हाटकजारमा किसान कार्डको व्यवस्थान गर्न उनले सम्बन्धीत निकायलाई सुझाव समेत दिए ।

कार्यक्रममा नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गरुङले तरकारी किसानका लागि हाटबजार व्यवस्थापन गर्न पर्यटन विकास समितिको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता ब्यक्र गर्दै अर्गानिक तरकारी उत्पादन गर्न किसानले विषेश ध्यान दिए अझै राम्रो हुने बताए ।
नगरकोटका होटल व्यवसायीहरुलाई आवश्यक तरकारीहरु उत्पादन नभएकाले किसानले व्यवसायीहरुलाई आवश्यक पर्ने तरकारी आधुनिक प्रविधिको प्रयोग गरेरै उत्पादनमा बढी ध्यान दिन सुझाए । चाँगुनारायण नगरपालिका वडा नं ६ अध्यक्ष धनबहादुर लामाले नगरकोटको हाटबजार घाम रहेसम्म र पृथ्वी रहेसम्म रही रहने प्रतिबद्धता ब्यक्त गरे ।

बिगतमा बिचौलियाको हातमा पर्ने पैसा किसानको हातमा सिधै पुगेपछि सबै खुशी हुनुपर्ने बताउँदै शुक्रबारे हाटबजार सञ्चालन गर्न वडा नं ६ को तर्फबाट हरेक किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आस्क नेपाल काभ्रेका अध्यक्ष बद्री माकले किसालाई सहयोग हुने कार्यक्रम आस्क नेपालले गर्दै आएकाले किसानले विगतमा भोग्दै आएको समस्या केहीहदसम्म समाधान भएको बताए । नेपालमा किसानको मूल्य नभएकाले किसानहरु पछाडी परेको बताउँदै बाजो जमिन सबै मानिसहरु बाहिर पलायन भएको कारणले भएको बताउँदै गाउँ–गाउँमा गएर पहिला बिउँ बिजन बाँड्दाको अनुभव समेत माकले सुनाए । उनले किसानको मेहनतलाई सम्मान गर्दैे सबैलाई धन्यवाद समेत दिए ।

आस्क नेपाल काभ्रे शाखाका कार्यक्रम निर्देशक प्रल्हाद तिमिल्सिनाले किसानलाई परियोजना सकिएपछि कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा बढि ध्यान केन्द्रीत भएको बताउँदै हाटबजारको स्थायित्व दिन सबै पक्षहरु लाग्नुपर्ने बताए ।

उनले स्थानीय किसानले उत्पादन गरेको तरकारी होटल व्यवसायीहरुले समेत खरिद गरेर सहयोग गरेकाले अझै २० वटा पीजीएस समूहलाई स्थायीत्व दिन सबैको उत्तीकै भूमिका रहने तर्क गरे ।

