भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

मानव अंग प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गरिने मन्त्री पौडेलको उद्घोष

मानव अंग प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गरिने मन्त्री पौडेलको उद्घोष

भक्तपुर । विश्व अंगदान दिवसका अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सातवटै प्रदेशमा उपकेन्द्रहरु सञ्चालन गरेर सेवा प्रदाग गर्नेगरी पहल भइरहेको बताए । सीमित स्रोतसाधन, पूर्वाधार र जनशक्तिबाट स्वास्थ्य क्षेत्रमा अधिक लाभ हासिल गर्न आवश्यक गृहकार्य भइरहेको बन्दै उनले अंग प्रत्यारोपण केन्द्र साँघुरो भएकोले उपयुक्त ठाउँमा स्थानान्तरणको लागि आवश्यक पहल भइरहेको जानकारी दिए ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवारत सबै चिकित्सक र कर्मचारीप्रति सम्मान प्रकट गर्दै उहाँले अंगदान र अंग प्रत्यायोपनले स्वास्थ्य क्षेत्रमा सामाजिक क्रान्ति ल्याएको जिकिर गरे । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशमा रहेका सबै अस्पतालहरुलाई व्यवस्थित संचालनका लागि पहल भइरहेको जानकारी दिए ।

अंगदानबारे सहज कानुन आवश्यक भएकोले नागरिकहरुलाई अंगदानको लागि प्रोत्साहित गर्न समय समयमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिनुपर्ने अस्पतालका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताए । केन्द्र स्थापनाको १२ वर्षको अवधिमा १३०० मिर्गौला प्रत्यारोपण र २६ जनाको सफल कलेजो प्रत्यारोपण गरेकाे बताए ।

यस्तै भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले आफूले पनि अंगदान गरेको घोषणा गरे । नेपालमै अंग प्रत्यारोपण गर्ने सुविधाले बिरामीहरुलाई विदेशमा उपचार गर्न जाने बाध्यताको अन्त्य हुने जिकिर गरे  । अंग प्रत्यारोपण जस्तो संवेदनशील विषयलाई अझ सहज बनाउन सके बिरामीलाई राहत मिल्ने सरोकारवालाको भनाइ छ ।अंगदान र अंग प्रत्यारोपणले स्वास्थ्य क्षेत्रमा सामाजिक क्रान्ति ल्यायोः स्वास्थ्य मन्त्री प्रदिप पौडेल

 


Thali Mobile Pvt.Ltd.