भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन

भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सिंहको ९२ वर्षको उमेरमा गएराति निधन भएको भारतीय सञ्चामाध्यमले जनाएका छन् । बिहीबार aराति नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा निधन भएको हो ।

सिंह सन् २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री बनेका थिए । पूर्व अर्थमन्त्रीसमेत रहेका सिंहलाई भारतको अर्थतन्त्रको योजनाकारसमेत मानिन्छ । सन् १९९० को दशकमा भारतीय अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी पिभी नरसिंह रावको नेतृत्वको सरकारमा सन् १९९१ देखि १९९६ सम्म अर्थमन्त्री भएका थिए । उनको समय आर्थिक उदारीकरण र समाजवादी अर्थतन्त्रको समयमा रूपमा लिइन्छ ।

२२ मे २००४ मा भारतका प्रधानमन्त्री भएका उनी २२ मे २००९ मा दोस्रो पटक भारतका प्रधानमन्त्री भए। खाडी युद्धले संसारलाई असर गरीरहेको समयमा उनी भारतका अर्थमन्त्री भएका थिए। सो समयमा वैदेशिक रोजगारी र रेमिट्यान्समा आएको गिरावटको कारण भारतमा संकट थियो। त्यसै समयमा सिंहले ‘राम्रो गर्न चाहेमा कसैले रोक्न नसक्ने’ बताउँदै सबैलाई उत्साहित बताएका थिए।

 


Thali Mobile Pvt.Ltd.