भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

देशभर मनसुनी वायुको प्रभाव, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडाैं , १३ साउन । देशभर मनसुनी प्रणालीको सक्रियता बढेसँगै आज विभिन्न प्रदेशहरूमा झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशलगायतका पहाडी भूभागहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । आज राति लुम्बिनी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी तराई क्षेत्रहरूमा आंशिक बदली रहने जनाइएको छ। पहाडी क्षेत्रका केही स्थानहरूमा र तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले बाढी, पहिरो तथा सतर्कता अपनाउन सम्बन्धित निकाय र सर्वसाधारणलाई अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.