भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देशभर मनसुनी वायुको प्रभाव, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडाैं , १३ साउन । देशभर मनसुनी प्रणालीको सक्रियता बढेसँगै आज विभिन्न प्रदेशहरूमा झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशलगायतका पहाडी भूभागहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । आज राति लुम्बिनी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी तराई क्षेत्रहरूमा आंशिक बदली रहने जनाइएको छ। पहाडी क्षेत्रका केही स्थानहरूमा र तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले बाढी, पहिरो तथा सतर्कता अपनाउन सम्बन्धित निकाय र सर्वसाधारणलाई अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.