भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गाजामा नरसंहार भएको इजरायली मानव अधिकार समूहकै निष्कर्ष

गाजामा नरसंहार भएको इजरायली मानव अधिकार समूहकै निष्कर्ष

एजेन्सी । गाजा क्षेत्रमा इजरायली सैन्य कारबाहीको बीचमा इजरायलकै दुई मानव अधिकार संगठनहरूले आफू सरकारका नीतिबाट गम्भीर रूपमा असन्तुष्ट भएको जनाएका छन् । उनीहरूले गाजामा भएको सैन्य कारबाहीलाई नै नरसंहारको संज्ञा दिएका छन् ।

बिटी सेलम नामक प्रतिष्ठित इजरायली मानव अधिकार संस्थाले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा गाजामा भएको आक्रमणप्रति तीव्र आपत्ति जनाउँदै आम सर्वसाधारणलाई लक्षित गरी गरिएको हिंसाको आलोचना गरिएको छ । गाजाको अवस्था प्रत्यक्ष अवलोकन गरेर फर्किएको टोलीले त्यहाँको मानवीय संकट, बिनाऔषधि उपचार र सुरक्षित आश्रयको अभावका कारण सर्वसाधारणमाथि चरम पीडा परेको निष्कर्ष निकालेको छ ।

यस्तै, फिजिसियन फर ह्युमन राइट्स इजरायल नामक अर्को संस्थाले पनि इजरायलले गाजामा देखाएको व्यवहारलाई नरसंहारका रुपमा परिभाषित गरेको छ । गाजामा व्यापक रूपमा स्वास्थ्य सेवा ध्वस्त हुनु, बालबालिका र वृद्धवृद्धाहरूको अवस्थालाई गम्भीर रूपमा लिएर उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई समेत सचेत गराएका छन् । तर इजरायली अधिकारीहरूले भने यी दावीहरूलाई अस्वीकार गरेका छन् । सरकारका प्रवक्ता डेभिड मेन्सरले उक्त रिपोर्टलाई पूर्वाग्रही र तथ्यविहीन भनेका छन् । इजरायली विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि यी मानव अधिकार संस्थाहरूको रिपोर्ट राजनीतिक एजेन्डाबाट प्रेरित भएको आरोप लगाइएको छ ।

इजरायली सरकारको तर्फबाट भनिएको छ कि ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेपछि आफ्नो सुरक्षाका लागि सो कारबाही सुरु गरिएको हो र उनीहरूको निशाना केवल हमासका आतङ्ककारी संरचना हुन्, सर्वसाधारण हैनन् । तर घटनास्थलबाट फर्किएका स्वतन्त्र संस्थाहरूको ठहर भने स्पष्ट छ – गाजाको संकट अब केवल सैन्य द्वन्द्व हैन, यो मानवीय र नैतिक संकटमा बदलिएको छ ।

 


Thali Mobile Pvt.Ltd.