भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

मनिकापुर बस्ती डुबानमा, भयो सडकमै बास

मनिकापुर बस्ती डुबानमा, भयो सडकमै बास

कैलाली । कैलारी गाउँपालिका–३ को सुर्मी नालाका माहालु डगौराले हतारहतारमा उठेर घर भित्रको सके जतिको अन्नपात बाहिर निकाले । कति त भिजिसकेको थियो । ट्याक्टरमा अन्नपात निकालेर त्रिपालले छोपेर राखेपछि थोरै भए पनि जोगियो । सुर्मी नालाबाट आएको बाढीका कारण घरको आधा भाग भत्किएको छ ।

डगौरा दम्पती कतिबेला घरभित्रको पानी सुक्ला र ओभानो लागौँला भन्ने प्रतिक्षामा सडकमै छन् । छोरीले आफ्नो घरबाट ल्याइदिएको भात सडकमै खाइरहेको अवस्थामा भेटिएका डगौराले बाढीका कारण बिचल्लीमा परेको सुनाए । बाढी बस्तीमा पस्यो । घरमा भएको अन्नपात सबै बगायो । बुढाबुढी दुवै जना लागेर थोरथोरै धान जोगायौँ’ डगौराले भने, ‘अहिले सडकमै बसिरहेका छौँ ।

डगौराले अहिलेसम्म कुनै पनि निकायले राहत तथा अन्य सहयोग सामग्री नदिएको गुनासो पोखे । सुर्मी नाला टोलकै बेझु चौधरीको घर पनि बाढीका कारण भत्किएको छ । बुधबार राति आएकै बाढीले चौधरीको घर भत्काउँदा अन्नपात, लुगाफाटोसहित अन्य सरसामान त्यसैमा च्यापिएका छन् ।

तर चौधरीले केही सामान भने राति नै छेउमै रहेको अर्को टहरोमा सारिसकेका थिए । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार मंगलबार रातिदेखिको वर्षाका कारण कैलालीमा १५ सयभन्दा बढी घर डुबानमा परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.