भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

सेनामा जागिरः २८० जना अधिकृत क्याडेट(सूचनासहित)

सेनामा जागिरः २८० जना अधिकृत क्याडेट(सूचनासहित)

काठमाडौँ । नेपाली सेनामा रिक्त अधिकृत पद सहायक सेनानी र उपसेनानीमा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो ।

भर्ना छनौट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाईट बाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ । स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दशको टिकट टाँसी दरखास्त पेस गर्न आव्हान गरिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइट http://nepalarmy.mil.np बाट अनलाइन आवेदन दिन सक्नेछन् । फारम भरी सो को प्रिन्टसहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा पेस गर्नुपर्नेछ। आगामी असोज ६ गतेसम्म आवेदन दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

विस्तृत जानकारी यहाँ हेर्नुस्:

 


Thali Mobile Pvt.Ltd.