भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रविधिमार्फत समृद्धिको ढोका खोल्छौंः सञ्चारमन्त्री शर्मा

प्रविधिमार्फत समृद्धिको ढोका खोल्छौंः सञ्चारमन्त्री शर्मा

काठमाडौं । सूचना प्रविधि (आइटी) क्षेत्रलाई नीतिगत र संरचनागतरुपमा बलियो बनाएर समृद्धिको ढोका खोल्न सरकार तयार रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिमा महिला दिवसका अवसरमा आज मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधिलाई उच्च प्राथमिकता दिइने बताएकी हुन ।

मन्त्री शर्माले भनिन्, “आगामी आवको बजेटको मुख्य विषय कृषिलाई बनाउनुपर्छ, सूचना प्रविधि ‘फ्रन्ट लाइन’मा राखेर बजेट निर्माण गर्नुपर्छ । त्यहीअनुसार व्यवहार गरिएको छ आगामी बजेटमा आइटीलाई उच्च प्राथमिकता दिइनेछ ।” आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिएको उल्लेख गर्दै मन्त्री शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिइने बताएकी हुन ।

वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको नारा अघि सारेको जानकारी दिँदै मन्त्री शर्माले सुशासनको अभियानलाई अघि बढाउन पनि सूचना प्रविधिको विकास अत्यावश्यक भएको बताइन् । सूचना प्रविधि क्षेत्रमा महिलाको अनिवार्य सहभागिता मात्रै नभई नेतृत्वदायी भूमिका हुनुपर्छ भनेर आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नीति तथा कार्यक्रम र बजेटमा विशेष योजना अघि सारेको बताइन् ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा महिलालाई जागरुक बनाउन विभिन्न कार्यक्रमका साथ अभियानको रुपमा सञ्चालन गर्न हरेक वर्ष अन्तर्राष्ट्रिय दूरसञ्चार संघले सबै सदस्य राष्ट्रहरुलाई आह्वान गर्दै आएको छ ।

नेपालमा सन् २०१३ देखि नेपाल दूरसञ्चार प्राधिकरणले यस दिवसलाई विभिन्न रचनात्मक र कार्यक्रम साथ मनाई विभिन्न संघसंस्थालाई सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा महिलालाई उत्प्रेरित गर्न आह्वान गर्दै आएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घले ‘नेतृत्व’ भन्ने मूल नाराका साथ दिवसका कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.