भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

मन्त्रिपरिषद् निर्णय : जेनजी परिषद् गठन र ३ दिन सार्वजनिक बिदा

मन्त्रिपरिषद् निर्णय : जेनजी परिषद् गठन र ३ दिन सार्वजनिक बिदा

काठमाडौँ, १२ फागुन । मन्त्रिपरिषद् बैठकले जेनजी परिषद् गठन गर्ने, चीन सरकारबाट प्राप्त हुने ४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने तथा प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले जेनजी परिषद् गठन गर्ने औपचारिक निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । उक्त सहायता निर्वाचन व्यवस्थापन तथा सम्बन्धित कार्यमा उपयोग गरिने जनाइएको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रमअनुसार बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायाधीश डा दिवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने निर्णय पनि गरेको छ ।

यसैगरी बिमा ऐन २०७९ को दफा १४० बमोजिमका कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने तथा विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्मका लागि सार्वजनिक बिदा निर्धारण गर्ने निर्णयसमेत गरिएको छ । 

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । निर्वाचन आयोगको सिफारिसअनुसार उक्त निर्णय गरिएको हो । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशभर सञ्चालन हुँदैछ ।

सरकारले गरेका यी निर्णयहरूलाई आगामी निर्वाचन व्यवस्थापन, ऊर्जा क्षेत्रको लगानी संरचना र प्रशासनिक सुधारसँग जोडेर हेरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.