भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

चार दिनका लागि मसोट खोला पुलमा सवारी आवागमन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चार दिनका लागि मसोट खोला पुलमा सवारी आवागमन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

दाङ, १८ साउन । लमही–घोराही सडकखण्डअन्तर्गत पर्ने मसोट खोला पुलको आकस्मिक मर्मत कार्यका कारण चार दिनका लागि सवारी आवागमन बन्द हुने भएको छ ।

पुलको अवस्था जीर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सर्वपक्षीय बैठकले साउन २१ गते बिहान ७ बजेदेखि साउन २४ गते बिहान ७ बजेसम्म दुई पाङ्ग्रे बाहेक सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरेको हो । सडक डिभिजन कार्यालय दाङले सो अवधिमा पुलको मर्मत कार्य सम्पन्न गर्ने तयारी गरेको छ ।

मर्मत अवधिभर यात्रु र सवारी चालकहरूलाई अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही मार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापन र सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइने ट्राफिक कार्यालयले जनाएको छ ।

साथै, अत्यावश्यक सवारी साधनका लागि वैकल्पिक डाइभर्सन मार्ग मर्मत गरी सञ्चालनमा ल्याइने जनाइएको छ। सो मार्ग सडक डिभिजन कार्यालयले मर्मत गर्नेछ भने ट्राफिक प्रहरीको समन्वयमा व्यवस्थापन गरिने बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.