भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

चिसो अत्यधिक बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

चिसो अत्यधिक बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ, २० मंसिर । चिसो अत्यधिक बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो भए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासीन्दा तथा सुरक्षा निकाय र कर्मचारीको दैनिकी कष्टकर बन्न थालेको हो ।

माथिल्लो मुस्ताङमा बिहान र बेलुकाको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङका अनुसार अत्यधिक चिसोका कारण घरघरका धाराको पानी, सिँचाइ कुलोलगायतको पानी जम्ने गरेको छ ।

दिउँसो घाम लाग्दा कुलोको पानी तताएर खानुपर्ने अवस्था छ । माथिल्लो मुस्ताङको लोमान्थाङमा पनि चिसोले स्थानियबासिन्दा बेसी झर्न थालेका स्थानीय पर्यटन व्यवसायी राम गुरुङले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.