भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

राष्ट्रपति ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज योजना अमेरिकी सर्वोच्च अदालतमा

राष्ट्रपति ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज योजना अमेरिकी सर्वोच्च अदालतमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने योजना अमेरिकी सर्वोच्च अदालतमा पुगेको छ।

संवैधानिक रूपमा अत्यन्त संवेदनशील यो मुद्दामा सर्वोच्च अदालतले हिजो सुनुवाइ गर्न सहमति दिएको अल–जजिराले उल्लेख गरेको छ। अदालतले अझै सुनुवाइको मिति तोकेको छैन, तर आउँदो वर्षको सुरूतिर बहस प्रारम्भ हुने र जून महिनासम्म निर्णय आउने अनुमान गरिएको छ।

ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिन, जनवरी २०, मा एक कार्यकारी आदेश जारी गर्दै अवैधानिक रूपमा अमेरिकामा रहेका वा अस्थायी भिसामा रहेका अभिभावकका बालबालिकालाई स्वतः अमेरिकी नागरिकता नदिने व्यवस्था घोषणा गर्नुभएको थियो।

तर संघीय अदालतहरूले लगातार यो आदेशलाई असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएका थिए। अमेरिकी संविधानको १४औँ संशोधनमा “अमेरिकी भूमिमा जन्मिएका सबै व्यक्ति नागरिक हुन्” भन्ने स्पष्ट प्रावधान छ। ट्रम्प प्रशासनले भने अवैधानिक रूपमा आएका वा अस्थायी भिसामा रहेका व्यक्तिहरू देशको अधिकार क्षेत्रभित्र नपर्ने तर्क प्रस्तुत गरेको छ।

यसै वर्ष अदालतले ट्रम्प प्रशासनका अन्य कडा आप्रवासन नीतिहरूलाई कार्यान्वयन गर्न अनुमति दिएको थियो। यो मुद्दाले अमेरिकामा नागरिकता अधिकार, आप्रवासन नीति र संवैधानिक व्याख्याका आधारभूत प्रश्न पुनः चर्चामा ल्याएको छ।

 


Thali Mobile Pvt.Ltd.