भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, ‘इतिहास, उपलब्धि र आगामी बाटो’

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, ‘इतिहास, उपलब्धि र आगामी बाटो’

काठमाडौँ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँन लागेको हो । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरूक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई मनाइँने गरेको हो ।

मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्ने गर्दछ । नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ ।

दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीले आज भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्दैछ । समारोहअघि नयाँ सडकबाट र्‍यालीको आयोजना गरिने समितिका महासचिव प्रेमप्रसाद खनालले कैलाश खबरलाई जानकारी दिए । न् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा मे दिवसको थालनी भएको हो ।

सरकारले आज सार्बजनिक बिदा दिएको छ । यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ संगठनहरूले दिवसको अवसरमा देशैभरी बिभिन्न अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना गरेका हुन । सन् १८८६ मा अमेरिकाको सिकागो राज्यमा ८ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन भएको थियो ।

मजदुरहरूले गरेको सो विश्व प्रख्यात आन्दोलन दबाउनका लागि अमेरिकन प्रहरी बम प्रहार गरिएको घटनाको सम्झनामा विश्वभरी मे १ मा अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदै आएको छ । आन्दोलनका कारण विश्वभरी मजदुरहरूले आठ घण्टा मात्र काम गर्ने गरी नयाँ व्यवस्था विश्वभर प्रचलनमा आएको हो ।

 


Thali Mobile Pvt.Ltd.