भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

एमसीसी प्रसारण लाइनका तीन वटै ठेक्का रद्द, अब के हुन्छ ?

एमसीसी प्रसारण लाइनका तीन वटै ठेक्का रद्द, अब के हुन्छ ?

काठमाडौं । एमसीसीले प्रसारण लाइनका सबै ठेक्का रद्द गरेको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (मिलेनियम च्यालेन्ज एकाउन्ट-एमसीए नेपाल)ले सूचना जारी गर्दै परियोजनाअन्तर्गतका तीन वटै ठेक्का रद्द भएको जनाएको हो ।

ठेक्कामा बोलपत्र पहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताले अत्यधिक उच्च लागत प्रस्ताव गरेपछि ठेक्का रद्द गरिएको एमसीए नेपालले जनाएको छ । केहि समयपछि प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्ने अवस्था आएको भन्दै एमसीसीअन्तर्गत विद्युत् प्रसारण लाइनसम्बन्धी तीन वटै प्याकेजका ठेक्का रद्द गरिएका हुन् ।

एमसीए नेपालले इस्टिमेट गरेभन्दा ६७ प्रतिशत बढीका बोलपत्र परेपछि ठेकेदार छनोटमा अन्योल भएको थियो । एमसीएले २२ करोड डलरमा ४०० केभी क्षमताको ३१५ किलोमिटर विद्युत प्रसारणलाइन बनाउन गत वर्ष १२ मंसिरमा बोलपत्र आह्वानसम्बन्धी पहिलो सूचना जारी गरेको थियो ।

प्याकेज बनाएर अलगअलग बोलपत्र आह्वान गरिएकोमा ६ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए । तीमध्ये प्राविधिक मूल्यांकनबाट ५ वटा मात्र छनोट भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.