भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

मुख्यमन्त्रीका रडाकाे, कोशीमा सांसदको हस्ताक्षर सनाखत गरिँदै

मुख्यमन्त्रीका रडाकाे, कोशीमा सांसदको हस्ताक्षर सनाखत गरिँदै

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री टुंगो लगाउँन आज साँसदहरुको हस्ताक्षर सनाखत गरिदै छ । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको विद्रोही पक्षधर केदार कार्की मध्ये को मुख्यमन्त्री बन्ने भन्ने छिनोफानो आजै हुँदैछ ।

मुख्यमन्त्रीका लागि दुईजनाको दाबेदारी प्रस्तुत भएपछि प्रदेश प्रमुख परशुराम खापुङले दुवै पक्षका सांसदहरूको सनाखत गराउन लागेको प्रदेश सचिवालयले जनाएको छ । बिहान ८ देखि दिउँसो २ बजे भित्र सनाखत गराई सक्ने भएपछि आज मुख्यमन्त्री नियुक्ति गर्ने पक्का छ ।

माओवादीका आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित

मुख्यमन्त्रीको दाबी गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । आङ्बोले बुझाएको पत्रमा राखिएको आफ्नो समूहका सांसदहरूको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिवाद गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.