भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

दादुराको प्रकोप फैलिएपछि भेरी नगरपालिकाका विद्यालय ५ दिनका लागि बन्द

दादुराको प्रकोप फैलिएपछि भेरी नगरपालिकाका विद्यालय ५ दिनका लागि बन्द

जाजरकोट, १९ जेठ । जाजरकोटको भेरी नगरपालिका–११ कट्टीगाउँमा दादुराको प्रकोप बढेपछि सो क्षेत्रका विद्यालय पाँच दिनका लागि बन्द गरिएका छन्।

भेरी नगरपालिका–११ स्थित शिवशङ्कर माध्यमिक विद्यालय, जगतिपुरमा अध्ययनरत दर्जनौँ विद्यार्थीमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

भेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद विष्टले जारी गरेको सूचनाअनुसार वडा नं. ११ भित्र रहेका सबै विद्यालय पाँच दिनका लागि बन्द रहनेछन्।

कट्टीगाउँबाट सङ्कलन गरी परीक्षणका लागि पठाइएका नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रतिवेदनअनुसार चार जनामा दादुरा संक्रमण पुष्टि भएको छ।

दादुरा पुष्टि भएसँगै संक्रमण फैलिन नदिन तथा प्रभावित क्षेत्रका सबै बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न नभएसम्म विद्यालय बन्द राख्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार उक्त बिदा स्थानीय बिदाबाट कट्टा हुने व्यवस्था मिलाउन तथा सोको जानकारी नगरपालिकामा उपलब्ध गराउन सम्बन्धित विद्यालयलाई निर्देशन दिएको छ।

स्वास्थ्यकर्मीहरूले दादुरा अत्यन्त संक्रामक रोग भएकाले अभिभावकलाई बालबालिकाको स्वास्थ्य अवस्थाप्रति सचेत रहन तथा खोप अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.