भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दादुराको प्रकोप फैलिएपछि भेरी नगरपालिकाका विद्यालय ५ दिनका लागि बन्द

दादुराको प्रकोप फैलिएपछि भेरी नगरपालिकाका विद्यालय ५ दिनका लागि बन्द

जाजरकोट, १९ जेठ । जाजरकोटको भेरी नगरपालिका–११ कट्टीगाउँमा दादुराको प्रकोप बढेपछि सो क्षेत्रका विद्यालय पाँच दिनका लागि बन्द गरिएका छन्।

भेरी नगरपालिका–११ स्थित शिवशङ्कर माध्यमिक विद्यालय, जगतिपुरमा अध्ययनरत दर्जनौँ विद्यार्थीमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

भेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद विष्टले जारी गरेको सूचनाअनुसार वडा नं. ११ भित्र रहेका सबै विद्यालय पाँच दिनका लागि बन्द रहनेछन्।

कट्टीगाउँबाट सङ्कलन गरी परीक्षणका लागि पठाइएका नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रतिवेदनअनुसार चार जनामा दादुरा संक्रमण पुष्टि भएको छ।

दादुरा पुष्टि भएसँगै संक्रमण फैलिन नदिन तथा प्रभावित क्षेत्रका सबै बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न नभएसम्म विद्यालय बन्द राख्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार उक्त बिदा स्थानीय बिदाबाट कट्टा हुने व्यवस्था मिलाउन तथा सोको जानकारी नगरपालिकामा उपलब्ध गराउन सम्बन्धित विद्यालयलाई निर्देशन दिएको छ।

स्वास्थ्यकर्मीहरूले दादुरा अत्यन्त संक्रामक रोग भएकाले अभिभावकलाई बालबालिकाको स्वास्थ्य अवस्थाप्रति सचेत रहन तथा खोप अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.