भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको घोषणा, अमेरिकासँगको संवाद पनि रोकियो

हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको घोषणा, अमेरिकासँगको संवाद पनि रोकियो

काठमाडौँ, १९ जेठ । इरानले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग (स्ट्रेट अफ हर्मुज) पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ।

इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार इरान र उसका सहयोगीहरूले हर्मुज जलमार्गको प्रयोग रोक्दै बाब अल–मन्डेब लगायतका वैकल्पिक मार्गलाई सक्रिय बनाउने तयारी गरेका छन्।

त्यससँगै इरानले अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको सन्देश आदानप्रदान तथा विभिन्न प्रस्तावमाथिको छलफलसमेत स्थगित गरेको जनाएको छ। लेबनानमा इजरायलको सैन्य गतिविधिको विरोधस्वरूप यस्तो कदम चालिएको समाचारमा उल्लेख गरिएको छ।

इरानका विदेशमन्त्री सइद अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत कुनै एक क्षेत्रमा भएको युद्धविराम उल्लङ्घनलाई सबै मोर्चामा भएको उल्लङ्घनसरह मानिने बताएका छन्। गाजा र लेबनानमा जारी इजरायली सैन्य अभियान नरोकेसम्म कुनै पनि प्रकारको वार्ता अगाडि नबढ्ने इरानको अडान रहेको छ।

इरानी संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले अमेरिकाले इरानविरुद्धको नौसैनिक नाकाबन्दी तथा लेबनानमा इजरायलले बढाएको आक्रमणलाई समर्थन गरेर युद्धविरामको भावना विपरीत काम गरेको आरोप लगाएका छन्।

यस्तै, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले अमेरिकाबाट आएका नयाँ तथा परस्पर विरोधाभासी मागका कारण युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रक्रिया प्रभावित भएको बताएका छन्।

इरान र अमेरिकाबीच ४० दिन लामो द्वन्द्वपछि गत अप्रिल ८ मा युद्धविराम भएको थियो। त्यसपछि अप्रिल ११ र १२ मा पाकिस्तानको राजधानी इस्लामाबादमा शान्ति वार्ताको एक चरण सम्पन्न भए पनि दुवै पक्षबीच ठोस सहमति हुन सकेको थिएन।

 


Thali Mobile Pvt.Ltd.