भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको घोषणा, अमेरिकासँगको संवाद पनि रोकियो

हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको घोषणा, अमेरिकासँगको संवाद पनि रोकियो

काठमाडौँ, १९ जेठ । इरानले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग (स्ट्रेट अफ हर्मुज) पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ।

इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार इरान र उसका सहयोगीहरूले हर्मुज जलमार्गको प्रयोग रोक्दै बाब अल–मन्डेब लगायतका वैकल्पिक मार्गलाई सक्रिय बनाउने तयारी गरेका छन्।

त्यससँगै इरानले अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको सन्देश आदानप्रदान तथा विभिन्न प्रस्तावमाथिको छलफलसमेत स्थगित गरेको जनाएको छ। लेबनानमा इजरायलको सैन्य गतिविधिको विरोधस्वरूप यस्तो कदम चालिएको समाचारमा उल्लेख गरिएको छ।

इरानका विदेशमन्त्री सइद अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत कुनै एक क्षेत्रमा भएको युद्धविराम उल्लङ्घनलाई सबै मोर्चामा भएको उल्लङ्घनसरह मानिने बताएका छन्। गाजा र लेबनानमा जारी इजरायली सैन्य अभियान नरोकेसम्म कुनै पनि प्रकारको वार्ता अगाडि नबढ्ने इरानको अडान रहेको छ।

इरानी संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले अमेरिकाले इरानविरुद्धको नौसैनिक नाकाबन्दी तथा लेबनानमा इजरायलले बढाएको आक्रमणलाई समर्थन गरेर युद्धविरामको भावना विपरीत काम गरेको आरोप लगाएका छन्।

यस्तै, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले अमेरिकाबाट आएका नयाँ तथा परस्पर विरोधाभासी मागका कारण युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रक्रिया प्रभावित भएको बताएका छन्।

इरान र अमेरिकाबीच ४० दिन लामो द्वन्द्वपछि गत अप्रिल ८ मा युद्धविराम भएको थियो। त्यसपछि अप्रिल ११ र १२ मा पाकिस्तानको राजधानी इस्लामाबादमा शान्ति वार्ताको एक चरण सम्पन्न भए पनि दुवै पक्षबीच ठोस सहमति हुन सकेको थिएन।

 


Thali Mobile Pvt.Ltd.