भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्वस्वास्थ्य संगठनको आग्रह

चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्वस्वास्थ्य संगठनको आग्रह

एजेन्सी । इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा प्रतिबन्ध हटाउन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आग्रह गरेको छ ।
गाजाको युद्ध क्षेत्रमा झन्डै सात सय जना गम्भीर बिरामी फसेका बताउँदै चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्वस्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले विश्व समुदायलाई आग्रह गरेका हुन ।

उत्तरी गाजामा दुई वटा मात्र अस्पतालले सेवा प्रवाह गरिरहेको तर त्यो सेवा अपुग देखिएकोले स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउन सम्बन्धित सबैको ध्यान जानुपर्ने टेड्रोसले बताएका छन् । इजिप्टबाट गाजामा प्रवेश गर्ने सीमा क्षेत्र दुई हप्तादेखि बन्द हुँदा गाजामा आपत्कालीन स्वास्थ्य आपूर्तिका लागि प्राथमिक पाइपलाइन समेत काटिएको डब्ल्यूएचओ प्रमुख गेब्रेयससले जेनेभामा पत्रकार सम्मेलनमा बताउनुभएको हो ।

गाजामा कहालीलाग्दो अवस्था रहेको बताउँदै गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले यहाँको चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको र बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको उनले उल्लेख गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.