भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मेलम्ची खानेपानीको कार्यकारी निर्देशकमा जगरनाथ दास नियुक्त

मेलम्ची खानेपानीको कार्यकारी निर्देशकमा जगरनाथ दास नियुक्त

काठमाडौं । सरकारले मेलम्ची खानेपानी विकास समितिको नयाँ कार्यकारी निर्देशकका रूपमा जगरनाथ दासलाई नियुक्त गरेको छ ।

खानेपानी मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई उक्त जिम्मेवारी दिइएको हो । दास यसअघि जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुखको जिम्मेवारी सम्हालिरहेका थिए । मेलम्ची खानेपानी विकास समितिका अनुसार उनले आइतबार नै कार्यकारी निर्देशकको रूपमा पदबहाली गरेका छन् ।

त्यसैगरी, समितिका पूर्व कार्यकारी निर्देशक रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशक पदमा सरुवा गरिएको छ । सरकारले मेलम्ची खानेपानी आयोजना सञ्चालन र व्यवस्थापनमा निरन्तरता दिन नेतृत्वको फेरबदल गरेको बताइएको छ ।

 

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.