भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

धरापमा मेटमणिको पद, जिब्रोमा लगाम लगाउन नसक्दा विवादमा

धरापमा मेटमणिको पद, जिब्रोमा लगाम लगाउन नसक्दा विवादमा

काठमाडौं । आपत्तिजनक अभिव्यक्तिका कारण तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीको राजनीति सकियो उदाहरणलाई चौका दिने गरी नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव मेटमणि चौधरीले फेरि उस्तै विवादास्पद अभिव्यक्तिमा फसेका छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने अभिव्यक्ति दिएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीको पद नै धरापमा परेको छ । भदौ २५ गते चौधरीले महाकाली सन्धिपछि भारतले कालापानी क्षेत्रमा आफ्नो दाबी गर्न थालेको जिकिर गरेका हुन् ।

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले लिनसक्ने बताएका थिए । यही अभिव्यक्तिका कारण अहिले मेटमणिको पनि सरिताजस्तै चरम विवादमा तानिएका छन् । आफ्नो जिब्रोमा लगाम लगाउन नसक्दा उनी विवादमा मात्रै फुसेका छैनन्, सांसद र उपमहासचिव पद नै धरापमा पर्न गएको छ।

राष्ट्र र राष्ट्रियताविरुद्ध अभिव्यक्ति दिएको भन्दै सरिताजस्तै मेटमणिलाई पनि कारबाही गर्नुपर्ने आवाज अहिले उठ्न थालेको छ । बेलगाम बोलीमा लगाम लगाउन नसक्दा उनीमाथि कारबाही गर्न एकीकृत समाजवादीलाई दबाब परेको छ ।

 


Thali Mobile Pvt.Ltd.