भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

धरापमा मेटमणिको पद, जिब्रोमा लगाम लगाउन नसक्दा विवादमा

धरापमा मेटमणिको पद, जिब्रोमा लगाम लगाउन नसक्दा विवादमा

काठमाडौं । आपत्तिजनक अभिव्यक्तिका कारण तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीको राजनीति सकियो उदाहरणलाई चौका दिने गरी नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव मेटमणि चौधरीले फेरि उस्तै विवादास्पद अभिव्यक्तिमा फसेका छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने अभिव्यक्ति दिएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीको पद नै धरापमा परेको छ । भदौ २५ गते चौधरीले महाकाली सन्धिपछि भारतले कालापानी क्षेत्रमा आफ्नो दाबी गर्न थालेको जिकिर गरेका हुन् ।

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले लिनसक्ने बताएका थिए । यही अभिव्यक्तिका कारण अहिले मेटमणिको पनि सरिताजस्तै चरम विवादमा तानिएका छन् । आफ्नो जिब्रोमा लगाम लगाउन नसक्दा उनी विवादमा मात्रै फुसेका छैनन्, सांसद र उपमहासचिव पद नै धरापमा पर्न गएको छ।

राष्ट्र र राष्ट्रियताविरुद्ध अभिव्यक्ति दिएको भन्दै सरिताजस्तै मेटमणिलाई पनि कारबाही गर्नुपर्ने आवाज अहिले उठ्न थालेको छ । बेलगाम बोलीमा लगाम लगाउन नसक्दा उनीमाथि कारबाही गर्न एकीकृत समाजवादीलाई दबाब परेको छ ।

 


Thali Mobile Pvt.Ltd.