भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सैनिक संख्या बढाउँन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनालाई निर्देशन

सैनिक संख्या बढाउँन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनालाई निर्देशन

काठमाण्डौ । युक्रेनमा एक लाख ७० हजार सैनिक बढाउन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई निर्देशन दिएका छन् । पुटिनको आदेश तत्काल लागू भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनमाथि आक्रमण बढाइरहेका बेला राष्ट्रपति पुटिनको यस्तो निर्देशन आएको हो ।

रूसका पूर्व राष्ट्रपति तथा सुरक्षा परिषद्का वर्तमान उपाध्यक्ष दिमित्री मेदभेदेवले सन् २०२३ को जनवरी १ तारिखदेखि डिसेम्बर १ तारिखसम्म चार लाख ५२ हजारभन्दा धेरैलाई करारमा सेनामा भर्ना गरिएको जानकारी दिएका छन् । सन् २०१८ यता रूसले दोस्रो पटक सेना विस्तार गरेको हो । यसअघि सन् २०२२ मा पुटिनले एक लाख ३७ हजार सैनिक बढाउने आदेश दिएका थिए ।

रुसले सैनिकहरूको सङ्ख्या बढाउँदै जाँदा, यसको सशस्त्र बलको क्षमता १३ लाख २० हजारमा कायम हुन्छ र रूसी सैन्य कर्मचारीहरूको समग्र सङ्ख्या २२ लाख हुन्छ । रुसमाथि बढ्दो खतराका कारण सेनाको सङ्ख्या बढाएको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.