भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सैनिक संख्या बढाउँन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनालाई निर्देशन

सैनिक संख्या बढाउँन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनालाई निर्देशन

काठमाण्डौ । युक्रेनमा एक लाख ७० हजार सैनिक बढाउन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई निर्देशन दिएका छन् । पुटिनको आदेश तत्काल लागू भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनमाथि आक्रमण बढाइरहेका बेला राष्ट्रपति पुटिनको यस्तो निर्देशन आएको हो ।

रूसका पूर्व राष्ट्रपति तथा सुरक्षा परिषद्का वर्तमान उपाध्यक्ष दिमित्री मेदभेदेवले सन् २०२३ को जनवरी १ तारिखदेखि डिसेम्बर १ तारिखसम्म चार लाख ५२ हजारभन्दा धेरैलाई करारमा सेनामा भर्ना गरिएको जानकारी दिएका छन् । सन् २०१८ यता रूसले दोस्रो पटक सेना विस्तार गरेको हो । यसअघि सन् २०२२ मा पुटिनले एक लाख ३७ हजार सैनिक बढाउने आदेश दिएका थिए ।

रुसले सैनिकहरूको सङ्ख्या बढाउँदै जाँदा, यसको सशस्त्र बलको क्षमता १३ लाख २० हजारमा कायम हुन्छ र रूसी सैन्य कर्मचारीहरूको समग्र सङ्ख्या २२ लाख हुन्छ । रुसमाथि बढ्दो खतराका कारण सेनाको सङ्ख्या बढाएको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.