भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

कोदो र फापरको उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह

कोदो र फापरको उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह

मकवानपुर । मकवानपुरमा किसानलाई अनुदान प्रदान गर्ने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान दिने भएको हो । भीमफेदीको एक हजार ६० रोपनी जग्गामा दुई सय ६६ किसानले कोदो रोपेका र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले वडा नम्बर ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण ‍गर्ने र गाउँपालिकाले अनुदान दिने घोषणा गरेपछि किसानहरु उत्साहित भएका छन् । चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ कोदो उत्पादन बढाउन पालिकाले अनुदानको व्यवस्था गरेको पालिका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

शुक्रवार नगद अनुदान वितरण लामाले सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह समेत गरे । गाउँपालिकाले पालिकाभित्र उत्पादित रैथाने बाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ ।

गाउँपालिकाको आर्थिक विकास समितिको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ५५ र फापर प्रति केजी एक सय रुपैयाँ निर्धारण गरिएको छ ।
अध्यक्ष लामाले बताए ।

यो वर्ष अपेक्षाअनुसार मकै उत्पादन नभएकाले कोदोले त्यसको अभाव परिपूर्ति गर्ने उनको भनाई छ । अनुदान पाएका किसान बाहेक पालिकाका अन्यले किसानले पनि कोदो खेती गर्दै आएका छन् । भीमफेदीमा मात्र दुई हजार रोपनीभन्दा बढी क्षेत्रफलमा कोदो खेती भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.