भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

मन्त्री किरातीले २ हजार २ सय ५० मिटर लामो जिपलाइन चढेरै उद्घाटन गरे, भने मुटु दरो बनाएको छु

मन्त्री किरातीले २ हजार २ सय ५० मिटर लामो जिपलाइन चढेरै उद्घाटन गरे, भने मुटु दरो बनाएको छु

भक्तपुर । नेपालकै लामो भनिएको नगरकोट जिपलाइन सञ्चालनमा आएको छ । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डेन मन्त्री सुदन किरातीले उद्घाटन गरेसंगै जिपलाइन सञ्चालनमा आएको हो ।

जिपलाइन उद्घटना गर्दै मन्त्री किरातीले भने नेपालको पर्यटन कल्चर, नेचर र एडभान्चर हो । यसरी विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण क्षेत्रमा जिपलाइन खुल्नु निकै राम्रो कुरा हो ।’
जिपलाईन चाँगुनारायण नगरपालिकास्थित वडा नं ६ र ७ मा रहेको छ । २ हजार २५० मिटर लम्बाई रहेको साहसिक पर्यटन अन्तर्गत जिपलाईन नगरकोटमा निर्माण हुनु राम्रो कुरा भएको मन्त्री किरातीको भनाई छ ।

आफूहरुले साहशिक खेलका लागि महत्वपूर्ण मानिने जिपलाइन निर्माण गरि सञ्चालनमा ल्याएकाले अब पर्यटकहरुले जिपलाइनमा आएर सेवा गर्ने मौका दिन सञ्चालक प्रेम बस्नेतले अपिल गरे । उनले पर्यटकहरुकै लागि जिपालाइन स्थापना गरेको बताए ।

पर्यटकीयसँगै एडभेन्चर टुरिज्मले समेत नगरकोटलाई परिचित गराउने मुख्य उद्देश्य रहेकाले आफूहरुले नगरकोट जिपलाइन सञ्चालनमा ल्याएको सञ्चालक केदार थापाले बताए । नगरकोट अन्तर्राष्ट्रिय पर्यटकको जमघट हुने थलो भएकाले पनि नगरकोट जिपलाइन विशेष हुने उनको भनाई छ । करिव पाँच करोड लगानीमा जिपलाइन निर्माण गरिएको नगरकोट जिपलाईन प्रा.लि.ले जनाएको छ ।

कति लाग्छ नगरकोट जिपलाइन चढ्न ?
नगरकोट जिपलाइन प्रा.लि.ले नेपालीलाई प्रतिव्यक्ति ४ हजार ५०० रुपैयाँ र विदेशीका लागि प्रति व्यक्ति ५० अमेरिकी डलर तिर्नुपर्ने कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकाबाट बिदा मनाउन जानेहरुका लागि बस्ने होटल प्रेम दरबार पनि यही रहेको छ ।

२ हजार २ सय ५० मिटर लामो यो जिपलाइनले आन्तरिक तथा बाह्य पर्यटकका लागि आर्कषक गन्तव्य बन्ने देखिन्छ । नगरकोट जिपलाइनमा क्लासिक र सुपरम्यान जिपलाइन गर्न सकिन्छ ।

 


Thali Mobile Pvt.Ltd.