भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीले शिक्षालाई जोड दिँदै २०५६ सालबाट ख्वप माविलगायतका कलेजहरु स्थापना गरी सोही जगमा उभिएर देशको लागि आवश्यक जनशक्ति उत्पादनमा निरन्तर योगदान पुर्याउँदै आएको बताएका छन् ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औं वार्षिकोत्सव समारोहको समापन तथा सांस्कृतिक कार्यक्रममा शुक्रबार सुवालले उक्त कुरा बताएका हुन । उनले प्राविधिक क्षेत्रका दक्ष जनशक्तिलाई नेपालमै रोजगारीको अवसर प्रदान गर्न नसके यी जनशक्ति पनि विदेशिने सम्भावना रहेको बताउँदै देशका मन्त्री तथा प्रधानमन्त्रीहरुमा दूरदर्शीताको अभाव रहेकै कारण देश भताभुंग अवस्थामा पुगेको तर्क गरे ।
प्रधानमन्त्री तथा मन्त्रीहरुले आफ्नो जिल्लाको मात्र विकास हेर्ने नभई देशकै समग्र विकासमा ध्यान दिनुपर्ने बताउँदै भारतीय एकाधिकार पुँजी र विस्तारवादी नीतिले नेपालको प्राकृतिक स्रोतसाधन कब्जा भइरहेको प्रसंग जोड्दै उनले गोर्खा भर्ति केन्द्र तत्काल खारेज गर्नु देशको हितमा भएको चर्चा गरे । संघीय राजधानी काठमाडौंमा जनसंख्या वृद्धिसँग सँगै खानेपानी अभाव, प्रदूषण, सडक जाम, अपराध संख्या बढ्दै गइरहेको बताउँदै उनले सरकारले देशको सन्तुलित विकास गर्न विभिन्न जिल्लाहरुमा व्यवस्थित सहरहरु निर्माण गर्नुपर्नेमा जोड दिए ।
नेपालले प्यालेष्टाइनी जनताहरुप्रति ऐक्यबद्धता जनाउनुपर्नेमा धारणा राख्दै उनले अमेरिकाको आडमा इजरायलले प्लोष्टाइनमाथि गरिरहेको निर्मम हत्या र युद्ध अपराध छिटोभन्दा छिटो अन्त्य गरिनुपर्ने बताए । इजरायल आज अमेरिकाको कठपुतलीको रुपमा प्रस्तुत भइरहेको समेत उनले स्पष्ट पारे । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नेपालको संविधान निर्माणपछि संघीयता कार्यान्वयनमा आएसँगै भक्तपुर नगरपालिकाले संविधानको भावना र मर्मनुसार समाजवादउन्मुख कार्य गर्दै आएको जानकारी दिए ।
उनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयको अभावले धेरै समस्याहरु पनि भोग्दै आएको बताउँदै सरकारले जनताको हितमा काम गर्न नसकेकै कारण अहिले गणतन्त्रको विकल्प खोज्नुपर्ने जस्ता मागहरु उठिरहेको धारणा राखे । यो वर्ष ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित हुनेमा आशावादी रहेको बताउँदै उनले शैक्षिक ऋण दिएर गरिब परिवारलाई उच्च शिक्षाको व्यवस्था गर्ने भक्तपुर देशकै पहिलो नगरपालिका भएको बताए ।
उनले समाजलाई बुद्धिजिबीकरण गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने घोषित नीतिलाई पुरा गर्न नगरपालिकाले शैक्षिक ऋणको नीतिलाई अगाडि बढाएको प्रष्ट पारे । बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले इन्जिनियरिङ क्षेत्रमा भक्तपुर नपाबाट सञ्चालित कलेजहरुको योगदान अतुलनीय रहेको बताउँदै प्रतिकूल समयमा पनि यी कलेजहरुले देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्दै देशकै लागि ‘आशाको केन्द्र’ को रुपमा यी कलेजहरु सञ्चालन भइरहेको बताइन । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजलाई बुद्धिजीवीकरण गर्ने नगरपालिकाको उद्देश्य क्रमशः पूरा हुँदै आएको बताउँदै ‘एक घर एक स्नातक’ को अवधारणाले पनि यसलाई टेवा पु¥याएको बताइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
वीरगञ्ज । मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ। यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात...
ठमाण्डौ । नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एशियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा संयुक्त अरब इमिरेट्स (यूएई) मा भइरहेको पुरुष १९ वर्षमुनिको एशिया कप–२०२४ मा सहभागी भई...
काठमाण्डौ । बीपी राजमार्गको विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै तयार गर्नेगरी अध्ययन अगाडि बढाइएको जनाएको छ। असोज दोस्रो हप्ताको बाढी पहिरोबाट क्षति भएको भीषण बाढी र पहिरोबाट उक्त राजमार्ग...
काठमाण्डौ । नेपालमा पनि विश्व माटो विभिन्न कार्यक्रम गरी मनाइँएको छ । विहीमार ११ औँ विश्व माटो दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो । यसवर्ष ‘माटोको सुधारः परीक्षण, रेखदेख...