काठमाडौं । साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्न छलफलमा जुटेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै यस्तो कारोबार निःशुल्क गर्न छलफल चलाएको ओलीले बताए ।
यही कुरालाई फेसबुक पेजमा भनेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनुहोला । हामीलाई सधैं झकझकाउनुहोस् ।
सरकारले त्यसतर्फ काम गर्दै जानेछ ।’ मोबाइल बैंकिङ कारोबार गर्दा हरेक पटक १५ रुपैयाँभन्दा धेरै शुल्क लाग्ने गरेको छ ।