भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सिरियामा अन्तरिम प्रधानमन्त्री मोहम्मद अल–बशीर नियुक्त

सिरियामा अन्तरिम प्रधानमन्त्री मोहम्मद अल–बशीर नियुक्त

एजेन्सी । सिरियामा अन्तरिम प्रधानमन्त्री मोहम्मद अल–बशीर नियुक्त भएका छन् । मोहम्मदले बसर अल असदलाई सत्ताबाट हटाउन विद्रोही समूहलाई महत्त्वपूर्ण भूमिका खेलेकाले प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

केही सरकारी निकायले निजामती कर्मचारी र स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको बेला यो घोषणा भएको हो ।एलेप्पो, हामा र होम्सपछि विद्रोहीले गएको आइतवार राजधानी दमास्कस कब्जा गरेका थिए ।

यसपछि विद्रोहीले सिरिया स्वतन्त्र भएको बताएका छन् । देश छोडेर भागेका बशर अल असदलाई रुसले आश्रय दिएको छ ।एक टेलिभिजन सम्बोधनमा मोहम्मद अल–बशीरले अर्को वर्ष मार्चसम्म पदमा रहन तयार रहेको घोषणा गरेको बीबीसीले जनाएको छ ।

बशीरले सानो मन्त्रिपरिषद्को नेतृत्व गर्दै सार्वजनिक सेवाहरू पुनः सञ्चालन गर्ने खबरमा उल्लेख छ । उनले अहिले इदलिब प्रान्तको प्रशासनको जिम्मेवारी सम्हालिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.