भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

यार्सागुम्बा टिप्न विद्यार्थी लेकतिर लागेपछि विद्यालय बन्द

यार्सागुम्बा टिप्न विद्यार्थी लेकतिर लागेपछि विद्यालय बन्द

काठमाण्डौ । विद्यार्थी यार्सागुम्बा टिप्न लेकतिर लागेपछि विद्यालय बन्द भएका छन् । दार्चुलाको अपिहिमाल गाउँपालिकाका धेरैजसो विद्यालयका विद्यार्थी यार्सागुम्बा टिप्न लेकतिर लागेपछि विद्यालय बन्द भएका हुन । विद्यालय सञ्चालन गरे पनि विद्यार्थी नआउने भएकाले बर्खे बिदामा मिलान हुने गरी विद्यालय बन्द गरिएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

अपिहिमालका विद्यार्थी, शिक्षक र अभिभावक लेखतिर लागेपछि सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठकले वर्षे बिदाबाट बिदा मिलान गर्ने निर्णय गरेको छ । समितिले मङगलबारदेखि जेठ १५ गतेसम्म पालिकाभरीका विद्यालयमा बिदा गरिएको जनाएको छ । मुख्यगरी अपिहिमालको लोलु, रिङ्देपानी, रौन्याड, सतगङ्गा कालीढुङ्गालगायत पाटनमा यार्सागुम्बा सङ्कलन हुने गरेको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले सबैभन्दा धेरै यार्सागुम्बाबाटै राजस्व सङ्कलन गर्ने गरेको छ । अहिले यार्सागुम्बा सङ्कलनको काम भैरहेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।

वडा–६ मा रहेको छिपुलाकेदार आधारभूत विद्यालय र महादेव आधारभूत विद्यालयले यसअघि नै बन्द हुनेबारे पालिकालाई जानकारी गराइसकेका छन् । विगतमा पालिकाले नै विद्यालय बन्द गर्ने गरेको भए पनि यो वर्षदेखि यार्सागुम्बा सङ्कलनका बेला विद्यालय बन्द गर्ने वा खुलाउने अधिकार विद्यालय व्यवस्थापन समितिलाई दिएको छ । गाउँपालिकामा २४ वटा सामुदायिक विद्यालय छन् । सर्वसाधारण तथा विद्यार्थी पाटन उक्लिएपछि अपिहिमाल गाउँपालिकाका धेरैजसो गाउँ सुनसान भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.