भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलियो

यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलियो

काठमाडौं । यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको छ । जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन पश्चिमतर्फ सर्दै आज असार ६ गते लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सम्बन्धी दोस्रो बुलेटिन जारी गर्दै सो जानकारी दिएको हो ।

यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो कोशी प्रदेशमा भित्रिएको थियो । तर पश्चिमी वायुको प्रभावका कारण पश्चिमतर्फ सर्न ढिलाइ भएको थियो ।

आज लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको मनसुन कर्णाली र सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम तराईका भूभागमा मनसुन पश्चिमतर्फ सर्दै गएकाले अब गर्मीबाट केही राहत मिल्ने मौसमविदहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.