भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इङ्ग्ल्यान्डका बालबालिकामा ३० प्रतिशतले बढ्यो मोटोपन

इङ्ग्ल्यान्डका बालबालिकामा ३० प्रतिशतले बढ्यो मोटोपन

काठमाडौं । सन् २००६ पछि इङ्ग्ल्यान्डमा १० र ११ वर्षका बालबालिकामा ३० प्रतिशतले मोटोपन बढेको छ। परोपकारी संस्था फुड फाउन्डेसनले गरेको अध्ययनमा आफ्नो तौलसँग सङ्घर्ष गरिरहेका बालबालिकाको सङ्ख्यामा भएको वृद्धिलाई ‘गहिरो चिन्ताजनक’ अवस्था भनेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

हिजो सार्वजनिक भएको प्रतिवेदनले सन् २०१३ पछि पाँच वर्षका बालबालिकाको उचाइमा लगातार गिरावट र २५ वर्षभन्दा कम उमेरका मानिसमा मधुमेहमा बढेको र पछिल्लो पाँच वर्षमा मधुमेह २२ प्रतिशतले वृद्धि भएको देखाएको छ । यसको कारणमा पत्रु खानाको बढ्दो प्रयोग रहेको प्रतिवेदनमा उल्लेख छ ।

इङ्ग्ल्यान्डमा मानिसको अस्वस्थ जीवनशैलीका कारण पौष्टिक खाना उपलब्ध नहुँदा स्वास्थ्य सङ्कटको अवस्था आउनसक्ने प्रतिवेदनले चेतावनी दिएको छ ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.