भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

प्रतिनिधिसभा चुनावमा उम्मेदवारको सङ्ख्या बढ्यो, अघिल्लो चुनावभन्दा १ हजार ७५ बढी

प्रतिनिधिसभा चुनावमा उम्मेदवारको सङ्ख्या बढ्यो, अघिल्लो चुनावभन्दा १ हजार ७५ बढी

मुख्य बुँदा

प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दर्ता उत्साहजनक

अघिल्लो चुनावको तुलनामा एक हजार ७५ बढी उम्मेदवार

१६५ वटै निर्वाचन क्षेत्रमा ३ हजार ४८७ उम्मेदवार

राजनीतिक दल र स्वतन्त्र दुवैतर्फ उम्मेदवारी वृद्धि

युवाको सहभागिता उल्लेख्य रूपमा बढेको आयोगको अनुमान

काठमाण्डौ, माघ ८ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा उल्लेख्य रूपमा बढेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार अस्ति मङ्गलवार १६५ वटै निर्वाचन क्षेत्रमा कुल तीन हजार चार सय ८७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने दुई हजार चार सय १२ जनाले मात्र मनोनयन पत्र दर्ता गराएका थिए । यस आधारमा यसपटक अघिल्लो चुनावभन्दा एक हजार ७५ जना बढी उम्मेदवार रहेका छन् ।

यस वर्ष ६८ वटा राजनीतिक दलबाट दुई हजार दुई सय ९७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये दुई हजार ६४ पुरुष र दुई सय ३५ महिला रहेका छन् । यस्तै, स्वतन्त्रतर्फ उम्मेदवारी दिने एक हजार एक सय ८७ जना छन् । स्वतन्त्र उम्मेदवारमध्ये एक हजार २४ पुरुष र एक सय ६० महिला रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

उमेर समूहका आधारमा उम्मेदवारी दर्ता गराउनेमध्ये २५ देखि ३५ वर्ष उमेर समूहका पाँच सय ८३ जना छन् । ३६ देखि ५० वर्ष उमेर समूहका एक हजार ६१०, ५१ देखि ६५ वर्ष उमेर समूहका एक हजार ९० तथा ६५ वर्षभन्दा माथिका दुई सय एक जना उम्मेदवार रहेका छन् ।

निर्वाचन आयोगले सुशासनलाई मुख्य नारा बनाएर भएको नवयुवा आन्दोलनपछि युवाहरूको राजनीतिक सहभागिता बढेकाले उम्मेदवारी दर्ता गर्ने युवाको सङ्ख्या पनि वृद्धि भएको अनुमान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.