भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

थिमि बाल सुधारगृहको अवस्था सामान्य, सुरक्षा थप कडा

थिमि बाल सुधारगृहको अवस्था सामान्य, सुरक्षा थप कडा

भक्तपुर, ९ माघ । सानोथिमि स्थित बाल सुधारगृहको अवस्था अहिले सामान्य बनेको छ । तर सुरक्षाका लागि थप प्रहरी परिचालन गरिएको छ ।

बिहीबार राति सुधारगृहमा दुई समूहबीचको झडपले यहाँको अवस्था तनावग्रस्त बनेको थियो । झडप नियन्त्रणका लागि थिमि प्रहरी वृत्तका प्रमुखको नेतृत्वमा टोली परिचालन गरिएको थियो । तर प्रहरीमाथि ढुङ्गा प्रहार समेत भएको प्रहरीले जनाएको छ ।

सुधारगृहमा भएको झडप आगजनी र तोडफोडमा परिणत भयो । आगो नियन्त्रण गर्न मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्र प्रयोग गरिएको थियो । सुधारगृहमा हाल १४५ पुरुष र २४ महिला गरी जम्मा १६९ जना रहेका छन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.