भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

एसईई परीक्षामा धेरै प्रतिशत विद्यार्थीहरु अनुत्तीर्ण हुनुमा सरकार दोषीः सांसद प्रेम सुवाल

एसईई परीक्षामा धेरै प्रतिशत विद्यार्थीहरु अनुत्तीर्ण हुनुमा सरकार दोषीः सांसद प्रेम सुवाल

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधि सभा सदस्य प्रेम सुालले एसईई परीक्षामा धेरै प्रतिशत विद्यार्थीहरु अनुत्तीर्ण हुनुमा सरकार दोषी रहेको बताउनुभएको छ । आइतबार बासु माध्यमिक विद्यालयमा निवर्तमान प्रधानाध्यापक अम्बिका न्याइच्याइको बिदाइ एवम् सम्मान तथा नवनियुक्त प्रधानाध्यापक रविलाल प्रधानको स्वागत कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

उहाँले देशभरिका विद्यालयको भौतिक सुविधा र शैक्षिक गुणस्तरमा समानता भए मात्र विद्यालयको नतिजा राम्रो हुन सक्ने बताउनुभयो । यौनजन्य हिंसा, घरेलु हिंसाबाट बचाउन किशोर–किशोरीहरुलाई विद्यालयमै आत्मरक्षाको तालिम दिनुपर्नेमा जोड दिँदै सांसद सुवालले समाजलाई अन्धविश्वास र कुरितीबाट टाढा राखी विज्ञानसम्मत ढंगले अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।

एसईई परीक्षामा धेरै प्रतिशत विद्यार्थीहरु अनुत्तीर्ण हुनुमा सरकार दोषीः सांसद प्रेम सुवाल

संसारका उत्कृष्ट शैक्षिक प्रणाली भएका देशबाट नेपालले सिक्न जरुरी भएको बताउँदै उहाँले विद्यार्थीहरुलाई पढाइसँगसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन सके व्यक्तित्व विकासमा सहजता मिल्ने बताउनुभयो । गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकहरु अभावले गर्दा धेरै विद्यार्थीहरु यी विषयमा अनुत्तीर्ण भएका हुन् भन्दै उहाँले अब्बल विद्यार्थीहरुलाई विद्यालयजीवनदेखि शिक्षक बन्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।

सुवालले सक्षम नेतृत्वले विद्यालयमा भएका समस्यालाई सहज तरिकाले हल गर्न सक्ने बताउँदै विद्यालय शिक्षाको जगलाई बलियो पार्नेतर्फ विद्यालयहरुले जोड दिनुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालयको भौतिक विकास सँगसँगै शैक्षिक गुणस्तरमा पनि जोड दिनुपर्ने बताउँदै विद्यालयको विकासको लागि सक्षम नेतृत्वको आवश्यकता पर्ने र नेतृत्वले सामूहिक रुपमा काम गर्न प्रेरित गर्नुभयो ।

विद्यालयको शैक्षिक, भौतिक पूर्वाधार सुधारमा प्रअ, व्यवस्थापन समिति र शिक्षक, अभिभावक सबैको महत्वपूर्ण भूमिका रहने बताउँदै कुनै पनि संस्था बलियो, सक्षम हुनका निम्ति नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सामुदायिक शिक्षा राम्रो भए निजी विद्यालयहरु स्वतः रुपमा कम हुँदै जाने बताउँदै उहाँले संघ सरकारले संविधानले नदिएको अधिकार प्रयोग गरेर विद्यालय शिक्षालाई गिजोल्ने र स्थानीय सरकारको अधिकार खोस्ने काम बन्द गर्नुपर्ने बताउनुभयो ।

एसईई परीक्षामा धेरै प्रतिशत विद्यार्थीहरु अनुत्तीर्ण हुनुमा सरकार दोषीः सांसद प्रेम सुवाल

बासुबाट सरुवा भइ जानुभएका बासुका निवर्तमान प्रअ अम्बिका न्याइँच्याइँले बासु माविमा प्रअको रुपमा आफ्नो भूमिकाबारे अनुभव सुनाउँदै विद्यालयलाई आजको अवस्थामा ल्याइपु¥याउन सहयोग गर्नुहुने शिक्षक–कर्मचारीहरुमा कृतज्ञता ज्ञापन गर्नुभयो । उहाँले आफूमा भएको ज्ञापन र सीपबाट आगामी दिनमा भक्तपुरको शिक्षालाई अझ अगाडि बढाउन कटिबद्ध भइ लाग्ने बताउँदै उहाँले बासु माविमा आफ्नो अनुभव अविस्मरणीय रहेको बताउनुभयो ।

एसईई परीक्षामा धेरै प्रतिशत विद्यार्थीहरु अनुत्तीर्ण हुनुमा सरकार दोषीः सांसद प्रेम सुवाल

नवनियुक्त प्रअ रविलाल प्रधानले गौरवपूर्ण इतिहास बोकेको बासु माविलाई आफ्नो कार्य क्षेत्र बनाउन पाउँदा गौरवान्वित महसुस भएको बताउँदै बासु माविलाई अझ उचाइमा पु¥याउन र जीवन्त राख्न सँधै प्रतिबद्ध भइ कार्य गर्ने बताउनुभयो । उहाँले विद्यालय व्यवस्थापन समितिको मार्गनिर्देशन, बुद्धिजीवीहरुको सल्लाह र शिक्षक कर्मचारीहरुसँग समन्वयमा रही काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भक्तपुर नपा वडा नं २ का वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुरको शिक्षा विकासमा बासु माविको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नयाँ नेतृत्वबाट विद्यालयको प्रगति र उन्नतिमा अझ नवीनत्तम कार्यहरु हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुप्रसाद दुमरु र सहायक प्रअ राजकुमार ह्यौंमिखाले शुभकामना मन्तव्य राख्नुभएको थियो भने अंग्रेजीका शिक्षक राम निरौलाले आफ्ना अनुभव सुनाउनु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.