भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा बक्तृत्वकला प्रतियोगिता, महेन्द्र शान्ति मावि प्रथम

जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा बक्तृत्वकला प्रतियोगिता, महेन्द्र शान्ति मावि प्रथम

भक्तपुर । जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा आयोजित बक्तृत्व कला प्रतियोगितामा महेन्द्र शान्ति मावि प्रथम भएको छ । भन्डारीको ७३ औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइएको वेला नेकपा एमाले सूर्यविनायक नगर कमिटीले आइतबार नेपालको राजनीतिक परिवर्तनमा मदन भण्डारीको भूमिका विषयक बक्तृत्वकला प्रतियोगितामा महेन्द्र शान्ति माविकी छात्रा नितिशा भट्टराई प्रथम भएकी हुन ।

जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा  बक्तृत्वकला प्रतियोगिता, महेन्द्र शान्ति मावि प्रथम

प्रतियोगितामा गणेश माकिी रेजिना शाहीले दोस्रो स्थान हासील गरीन । मेरीगोल्ड बोर्डीङ स्कूलकी इशाना सिटौला तेस्रो भइन त्यसैगरी मोर्डन स्कुलकी समिरन सर्मा र अरनिको माविकी अभियान घिमिरेले सान्तवना स्थान हासिल गरिन । स्पष्ट तथा प्रखर वक्ता समेत रहेका जननेता मदन भण्डारीको पहिलो पहिचान नै वक्तृत्व रहेकाले विद्यार्थीहरुलाई वाक कलाप्रति जागरुक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेकपा एमाले सूर्यविनायक नगर कमिटिका अध्यक्ष रविन्द्र साप्कोटाले जानकारी दिए ।

मदन भण्डारीका भाषणहरु प्रत्यक्ष सुन्न नपाएता पनि उनको गर्विलो इतिहासबारे जानकारी पाउँदा वर्तमान राजनीतिमा इमान्दारीताको खडेरी परेको प्रतियोगी वक्ताहरुले बताएका थिए । नयाँ पुष्ताले मदन भण्डारीबाट राजनीतिक नैतिकता र जागरुकता सिक्नुपर्नेमा उनीहरुको जोड थियो ।जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा  बक्तृत्वकला प्रतियोगिता, महेन्द्र शान्ति मावि प्रथम

प्रविधिको प्रयोग बढ्दै जाँदा वक्ता र स्रोताहरुको जमघट हुने अवसरहरु घट्दै गएको बेला यो प्रतियोगिता आयोजना गरिनु सकारात्मक भएको भन्दै सहभागी विद्यार्थी वक्ताहरु खुसी व्यक्त गरे । प्रतियोगितामा कुल २४ विद्यालयका विद्यार्थी वक्ताहरुले सहभागिता जनाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.