भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित

प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित

काठमाडौँ, २८ असाेज । वर्षा, बाढी र पहिरोका कारण अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको विद्युत् आपूर्ति नियमित गरिएको छ । विद्युत् प्रसारण तथा वितरण लाइनमा आएको समस्या समाधान गर्न मर्मत कार्य अघि बढाएपछि आपूर्ति पुनः सञ्चालनमा आएको हो ।

असोज ८ देखि ११ गतेसम्म भएको भारी वर्षाका कारण कालीगण्डकी नदीमा बाढी आउँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटे क्षेत्रमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनका चार वटा टावर ढलेका थिए । बाढीले प्रसारण लाइनसमेत चुँडाएपछि मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईंका अनुसार प्रसारण लाइनमा क्षति पुगेपछि दाना सबस्टेसनबाट तत्काल विद्युत् आपूर्ति गर्न सम्भव नभएकाले वैकल्पिक व्यवस्था गरेर आपूर्ति सञ्चालन गरिएको हो ।

केन्द्रका प्रमुख चापागाईंले मुस्ताङमा यसअघि नै विद्युत् आपूर्ति नियमित भइसकेको र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा एक–दुई घरबाहेक अन्य सबै ठाउँमा मर्मत कार्य सम्पन्न भएको जानकारी दिए ।

विद्युत् आपूर्ति पुनः सञ्चालन भएसँगै अवरुद्ध सञ्चार सेवा पनि सञ्चालनमा आएको छ । यसबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई राहत पुगेको छ ।

यसैबीच, म्याग्दीमा रहेका ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ११० मेगावाटको नीलगिरि, ६ मेगावाटको रेलेखोला र १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना भने अझै बन्द रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.