भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालनको तयारी, सरकारलाई सिधै सुझाव दिन मिल्ने

नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालनको तयारी, सरकारलाई सिधै सुझाव दिन मिल्ने

काठमाण्डौ, ४ जेठ । देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति, योजना र गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित सरकारले ‘नागरिक चौतारी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यो प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको प्रधानमन्त्रीको स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभई समसामयिक विषय, सरकारी योजना र अभ्यासमा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यम हुनेछ ।

यस प्रणालीमार्फत नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठाउन, सरकारसँग दुईतर्फी छलफल गर्न तथा व्यवहारिक समाधानका सुझाव सिधै पेश गर्न सक्ने व्यवस्था हुनेछ । साथै, सरकारलाई प्रतिभाशाली स्वयंसेवक तथा विज्ञ नागरिक पहिचान गर्न पनि यो प्लेटफर्म उपयोगी हुने विश्वास गरिएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा। पुकार मल्लले ‘नागरिक चौतारी’ सुशासन सुदृढ गर्ने महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँका अनुसार यसले सरकारी नीति तथा अभ्यासलाई अझ नागरिकमैत्री र परिणाममुखी बनाउनेछ ।

सरकारले यस प्लेटफर्मलाई डिजिटल माध्यमसँगै देशभर नागरिकसँग प्रत्यक्ष ‘इन–पर्सन’ कार्यक्रममार्फत पनि जोड्ने तयारी गरेको जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.