भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालनको तयारी, सरकारलाई सिधै सुझाव दिन मिल्ने

नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालनको तयारी, सरकारलाई सिधै सुझाव दिन मिल्ने

काठमाण्डौ, ४ जेठ । देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति, योजना र गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित सरकारले ‘नागरिक चौतारी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यो प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको प्रधानमन्त्रीको स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभई समसामयिक विषय, सरकारी योजना र अभ्यासमा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यम हुनेछ ।

यस प्रणालीमार्फत नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठाउन, सरकारसँग दुईतर्फी छलफल गर्न तथा व्यवहारिक समाधानका सुझाव सिधै पेश गर्न सक्ने व्यवस्था हुनेछ । साथै, सरकारलाई प्रतिभाशाली स्वयंसेवक तथा विज्ञ नागरिक पहिचान गर्न पनि यो प्लेटफर्म उपयोगी हुने विश्वास गरिएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा। पुकार मल्लले ‘नागरिक चौतारी’ सुशासन सुदृढ गर्ने महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँका अनुसार यसले सरकारी नीति तथा अभ्यासलाई अझ नागरिकमैत्री र परिणाममुखी बनाउनेछ ।

सरकारले यस प्लेटफर्मलाई डिजिटल माध्यमसँगै देशभर नागरिकसँग प्रत्यक्ष ‘इन–पर्सन’ कार्यक्रममार्फत पनि जोड्ने तयारी गरेको जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.