भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नागार्जुनमा श्रीमती, छोरी र नातिनीको हत्यापछि एक जना आफैँले गरे आत्महत्या

नागार्जुनमा श्रीमती, छोरी र नातिनीको हत्यापछि एक जना आफैँले गरे आत्महत्या

काठमाडौं । नागर्जुन नगरपालिका–६ स्थित भैरवटोलमा एक जना पुरुषले ३ जनाको हत्या गरी आफैँले आत्माहत्या गरेका छन् । सोलुखुम्बुको दूधकुण्ड–१० स्थायी घर भई हाल नागर्जुन सितापाइला बस्ने काजी विश्वकर्मा भन्ने राजु घिमिरेले आफ्नै श्रीमती, छोरी र नातिनीको हत्या गरेको खुलेको छ । डेरामा हत्या गरेपछि उनले नागार्जुन –५ स्थित हरिशिद्धिको जंगलमा रुखमा झुण्डिएर आम्महत्या गरेको स्वयम्भू प्रहरी कार्यालय प्रमुख डिएसपी पूर्णिमा चन्दले बताइन् ।

आफू बस्ने घरमा श्रीमती ३९ बर्षीया ईश्वरी भन्ने प्रेम कुमारी श्रेष्ठ, ८ बर्षीया छोरी अनिषा श्रेष्ठ र करिव ३ बर्षीया नातिनी शिवना श्रेष्ठको हत्या भएको डिएसपी चन्दले बताइन् । आज विहान करिव ७ बजेतिर आफ्नो १५ बर्षीय छोरालाई सितापाइला चोकमा छाडेर फर्केपछि अरु परिवारका सदस्यहरुको हत्या गरेको देखिएको डिएसपी चन्दको भनाइ छ । तीन जनाको हत्या गरेपछि विश्वकर्माले आफ्नी सासुलाई फोन गरी छोरीको हत्या गरेको र अब आफू पनि आत्महत्या गर्न लागेको जानकारी दिएको बताइएको छ ।

त्यसको केही बेरमा उनी रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । फोनमा स्वयम्भूको जंगलमा आत्महत्या गर्न जान लागेको जानकारी गराएको तर उनी हरिसिद्धिको जंगलमा मृत अवस्थामा फेला पेरको प्रहरीले बताएको छ । स्वयम्भू जाने खबर पाएलगत्तै ससुराली परिवारले प्रहरीलाई खबर गरेको र तत्काल खोजी कार्य गरिएको डिएसपी चन्दको भनाइ छ । उनी तत्कालै झुण्डिएको अवस्थामा फेला परेका थिए ।

अहिले सामूहिक हत्या गरिएको ठाउँमा जाँझबुझ र मुचुल्का उठाउने कार्य भइरहेको छ भने आत्महत्या गरेका विश्वकर्माको शवलाई पोष्टमार्टमका लागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । हत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.