भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

विदेशबाट फर्केर गाउँकै उत्प्रेरणाको स्रोत बने देउजा, दूध बेचेर महिनाको २ लाखसम्म आम्दानी

विदेशबाट फर्केर गाउँकै उत्प्रेरणाको स्रोत बने देउजा, दूध बेचेर महिनाको २ लाखसम्म आम्दानी

भक्तपुर । सूर्यविनायक निवासी प्रकाश देउजा गाईपालन व्यवसायमा रमाइ रहेका छन् । आफ्नो दैनिक जीवन सञ्चालन गर्न १० वर्ष मलेसिया बसेर फर्केपछि गाईपालन सुरु गरेका देउजा अहिले गाइपालन व्यवसायमा नै रमाइहरका हुन ।

विदेशमा लामो समय वितेपनि उपलब्धि नभएपछि आफ्नै जन्मभूमिमा केहि गर्छु भन्ने हुटहुटीका कारण गाईपाल सुरुगरेको देउजाको भनाई छ । मलेसीयाबाट फर्केपछि देउजाले आफ्नै गाँउमा गाईफार्म २०७४ साल फागुन ८ गते घरेलुमा दर्ता गरि संचालन गरेका हुन्।

३ लाखबाट सुरु गरेको फार्म अहिले १५ लाख पुगेको छ। पहिले–पहिले असज भएपनि अहिले काम गर्न सहज भएको छ । उनले जम्मा ५ वटा गाईबाट सुरु गरेको गाईफार्ममा अहिले १० वटा विभिन्न उन्नतजातका गाईहरु रहेका छन्।

उनले दैनिक ७० देखि ८० लिटर दूध बेच्ने गरेका छन् । गाईफामबाट उत्पादित दूधलाई गाँउघरमा मात्र नबेची बजारसम्म पनि पुऱ्याउने गरेका देउजाले दूधबाट भएको आम्दानीलाई आधा–आधा भागमा बाडेर आधा खर्च गाईका लागि र आधा खर्च आफ्नो लागी गर्ने गरेको जानकारी दिए ।
दूध बेचेर महिनाको २ लाखसम्म आम्दानी गर्ने गरेका देउजाले भने “पहिला सुरूवाती दिनलाई सम्झने हो भने निकै नै कठिन र संघर्सपूर्ण लाग्थ्यो तर अहिले आफ्नो कामलाई र फार्मबाट भएको फाइदा अनि जीवनलाई हेर्दा निकै सन्तुष्ट र आनन्द लाग्छ”।  देउजा अहिले गाउँमा उउत्प्रेरणाको स्रोत समेत बनेका छन् । अमिशा बस्नेत (प्रशिक्षार्थी पत्रकार)

 

 


Thali Mobile Pvt.Ltd.