भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

उत्तर कोरियाको नयाँ योजना : थप ५ हजार टन क्षमताको विध्वंसक युद्धपोत निर्माण

उत्तर कोरियाको नयाँ योजना : थप ५ हजार टन क्षमताको विध्वंसक युद्धपोत निर्माण

काठमाण्डाै, ६ असार । उत्तर कोरियाले आफ्नो नौसेनाको क्षमतामा थप वृद्धि गर्ने योजना सार्वजनिक गरेको छ। राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले थप एक ५,००० टन क्षमताको विध्वंसक (destroyer) युद्धपोत निर्माण गर्ने घोषणा गरेको हो।

उत्तर कोरियाली नेता किम जोङ उनले नौसेना सुदृढीकरणलाई प्राथमिकतामा राख्दै यसअघि अप्रिलमा पहिलो “चो ह्योन क्लास” विध्वंसक जहाज सार्वजनिक गरेका थिए। त्यसपछि मे महिनामा असफल प्रक्षेपण गरिएको ‘काङ कोन’ नामक अर्को विध्वंसक पनि मर्मतपछि जुन महिनामा पुनः समुद्रमा उतारिएको थियो।

राज्य सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (KCNA) का अनुसार, नाम्फो शिपयार्डका कामदारहरूले अर्को विध्वंसक निर्माणको संकल्प गर्दै आगामी वर्षको अक्टोबर १० भित्र नयाँ युद्धपोत तयार पार्ने प्रतिज्ञा गरेका छन्। उक्त मितिमा कोरियाली सत्तारूढ मजदुर पार्टीको स्थापना दिवस पर्छ।

दक्षिण कोरियाली सेनाले भने सो निर्माणमा सम्भवतः रूसको प्राविधिक सहयोग रहेको अनुमान गरेको छ। रूससँगको सम्बन्ध विस्तार गर्दै उत्तर कोरियाले युक्रेन युद्धमा अप्रत्यक्ष समर्थनका रूपमा युद्धपोत प्रविधि आदान–प्रदान गरेको हुन सक्ने विश्लेषण गरिएको छ।

KCNA का अनुसार, उत्तर कोरियाले अब ‘चो ह्योन–क्लास डिस्ट्रोयर नम्बर ३’ निर्माण गर्नेछ, जसलाई देशको “आफ्नै किसिमको शक्तिशाली युद्धपोत” भनेर परिभाषित गरिएको छ।

यसबीच, दक्षिण कोरियामा हालै निर्वाचित भएका राष्ट्रपति ली जे–म्युङले प्योङयाङसँग नरम कूटनीतिक नीति अपनाउने संकेत दिएका छन्। यसअन्तर्गत सीमानामा लाउडस्पिकरद्वारा गरिने प्रचार कार्य बन्द गरिएको छ, जुन विगतमा द्वन्द्व बढाउने कारक मानिन्थ्यो।

 


Thali Mobile Pvt.Ltd.